कोरोनाले खुम्च्याएको कलम

टंक पन्त २०७७ कार्तिक ५ गते २:१६ मा प्रकाशित


कोरोना महामारीले गर्दा नेपाली पत्रकारिता क्षेत्र पनि गंभीर रुपमा प्रभावित भएको छ । बिगत ८ महिना देखि बिश्वले नै कोरोना महामारीको सास्ती भोग्नु परेको छ । जसमा नेपाल पनि पछिल्लो समयमा निकै प्रभावित भएको छ । कोभिड १९ कोरोना महामारीले यतिखेर निकै त्रसित र भयभित बनाएको छ । आम नागरिकहरु त्रसित र भयभित छन ।

महामारीले देशको आर्थिक स्थितिमा गभीर धक्का लागेको छ । उधोग कलकारखाना लामो समय देखि बन्द छन भने अहिले पनि होटल लगायत पर्यटकीय क्षेत्र ठप्प रहेका छन । जसले गर्दा राज्यको आम्दानीको स्रोत निकै खुम्चिएको छ । रोजगारमा रहेकाहरुलाई काम बिहीन बनाएको छ । जसले गर्दा आफु र आफनो परिबारलाई साझ बिहानको छाक टार्न पनि धौ धौ भएको छ । कतिपय परिबार त दिनहु जीबन चलाउन रत्नपार्कमा चलाइएको सहयोगको खाना भण्डारमाम बिहानै लाइन लाग्न जाने गरेका छन । यो अबस्था कहिले सम्म रहने र कसरी चल्ने भन्ने प्रश्न हाम्रा सामु रहेको छ ।

बिश्वलाई नै तबाहा तबाहा बनाएको कोरोना महामारीले नेपालको पत्रकारिता क्षेत्रमा पनि निकै घाउ चोट लगाएको छ । ०७६ चैतको पहिलो हप्ता देखि भएको लकडाउनले पत्रकारिता क्षेत्रमा पनि ताला चाबी मात्र लगाएन कैयौ मिडिया हाउसका ढोका अहिले सम्म पनि खुल्न सकेका छैनन । जिल्ला जिल्लामा साना लगानीमा संचालित पत्रपत्रिका , अनलाइन , रेडियो, टेलिभिजनहरु बन्द भएका छन भने चलेका मिडिया हाउसहरु पनि केबल चल्नका लागि मात्र चलेका छन ।

राष्ट्रिय स्तरका पत्रपत्रिकाका पेजहरु घटेका छन भने रेडियो , टेलिभिजन अनलाइनहरु दुब्लाएका छन । संस्थाहरुमा आम्दानी ह्वात्तै घटेको छ । जसको मार संचालकहरुलाई परेको छ नै त्यसमा पनि श्रमजिबी पत्रकारहरुलाई प्रत्यक्ष रुपमा परेको छ । नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाले गरेको प्रारंम्भिक अध्ययन अनुसार देशभरिका करीब साढे ६ सय पत्रकारहरुलाई कोरोना महामारीले गभीर रुपमा असर पारेको छ । कतिपयको त परिबार नै नचल्ने अबस्था देखिएको छ भने कतिपयले बल्ल बल्ल चलाएका छन । दुइ दशक देखि पत्रकारिता गर्देै स्थापित साथीहरुले पनि जागीरबाट हात धुनु परेको छ । कैयौ पत्रकारहरु बेतलबी अबस्थामा काम गरिरहेका छन । पत्रकारिता नगर्नु भन्दा काम गरिराखौ भन्ने रुपमा कैयौ पत्रकारहरुले बेतलबी भएर पनि काम गरिरहेका छन ।

लामो समय देखि पत्रकारिता गर्देै आएका र आम नागरिकहरुलाई सुचना संप्रेषण गर्देै आएका पत्रकारहरु जागीर गयो भनेर नलेखी बस्न सक्तैनन किनकि सुचना दिने हाम्रो दायित्व र कर्तब्य हो त्यसैले पत्रकारिता गरिरहनु पर्छ भन्ने सोचाई आम पत्रकारहरुमा हुन्छ । यसर्थ आज पत्रकारहरुले ८ महिनामा तीन बराबरको तलब लिएर पनि काम गरिरहेका छन । कतिपय संस्थाको आर्थिक स्थिति खराब भएकोले पनि संस्था र पत्रकारहरुबबीच भएको सहमतिमै सो अनुसार काम भएको पाइएको छ भने कतिपय संस्था आर्थिक रुपमा संपन्न भएपनि कोरोना महामारीको बहाना बनाएर तलब निकै थोरै दिने गरेका छन । पत्रकारिताको माध्यमबाटै निकै मिडिया हाउसले कोरोना महामारीको बहाना बनाएर श्रमजीबी पत्रकारहरुलाई लखेटने काम गरे त्यो घातक रहेको छ । त्यो श्रमजीबी पत्रकारहरुप्रति गरिएको गभीर अपमान र अन्याय हो । त्यस्तो अन्याय गर्नेले थुपारेको धन भबिष्यमा सहि ठाउमा प्रयोग गर्न सक्ने छैनन । किनकि धेरै लामो समय देखि काम गरेका श्रमजीबी पत्रकारहरुको आत्माले सराप्ने छ ।

कतिपय मिडिया हाउसले आर्थिक स्थिति ठिकै ठिकै हुदा पनि पत्रकारहरुसंगकै सहमतिमा अफ्ट्यारो अबस्था हुञ्जेल केही कन्सिडर गर्ने गरी कामबाट नहटाई कामलाई निरन्तरता दिए जसलाई सकारात्मक रुपमा लिनुपर्छ तर त्यो पनि लामो समय सम्म जारी रह्यो भने काम गर्नेहरुको मनोबल घटदै जाने छ । त्यसको असर संस्थालाई पर्ने हुन्छ यसर्थ त्यसतर्फ नेतृत्वले ध्यान दिनुपर्छ । निश्चय नै पत्रकारिता क्षेत्र दुब्लाउनु भनेको प्रेस स्वतन्त्रता , आम नागरिकहरुले पाउनु पर्ने सुचना माथि गंभीर रुपमा ठेस लाग्ने कुरा हो । जसले मुलुकको समृद्धि र बिकासमा समेत असर पुग्ने गर्दछ ।

भर्खरै बामे सर्दै गरेको पत्रकारिता यसै त राम्ररी ब्यबसायिक नभैसकेको अबस्थामा कोरोना महमारीको संकटले पत्रकारिता नै गरेर जीबिकोपार्जन गर्नेहरुको परिबारलाई सबै भन्दा बढी क्षति पु¥याएको छ । लामो समय देखि पत्रकारितामा समर्पित परिबारमा सामाजिक , मनोबैज्ञानिक रुपमा असर परेको छ । पत्रकारिता गरेर पनि परिबार अगाडि बढ्न सक्छ भन्ने सोचाइमा रहेको परिबारमा नसोचेको प्रहार भएपछि त्यो परिबारको बिकासमा असर पर्न थालेको अध्ययनले देखाएको छ ।

इन्जाले देशका अधिकांश जिल्लाका केही पत्रकार साथीहरुसंग गरेको भर्चुवल कुराकानीमा परिबारका सदस्यको त्यो खालको गुनासो र चिन्ता रहेको छ । यो अबस्था आउनु भनेको पत्रकारिताको बिकासमा समेत गंभीर धक्का लाग्नु हो । यो गभीरतालाई समयमै संबोधन गर्न राज्यले पनि आबश्यक पहल गर्नुपर्छ भने मिडिया हाउस र संचालकहरुले श्रमजीबी पत्रकारकै कलमले गर्दा आज हामी यहां पुगेका हौ भन्ने कुरा पनि सोचिदिनुपर्छ । संचालकहरुको लगानी ,मेहनत र पत्रकारहरुको कलम दुबैले गर्दा संस्था स्थापित भएको छ यसलाई दुबैको एक अर्का प्रति गरिने सम्मानबाटै थप अगाडि बढाउन सकिन्छ भन्ने सोचको बिकास हुनुपर्छ ।

देशको पत्रकारिता र श्रमजीबी पत्रकारहरुको गभीर अबस्थाको अध्ययन गरिसकेपछि नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाले अति अफ्ट्यारोमा परेका पत्रकारहरुलाई केही न केही रुपमा सहयोग गर्नुपर्छ भन्ने निर्णय गरेर अहिले पहिलो चरणमा करिब ७५ जना पत्रकारहरुलाई लेखनबृत्ति मार्फत सहयोग अभियान चलाएको छ । देशभरिका पत्रकारहरु समक्ष गरिएको आह्वान र सामाजिक संजालबाट पनि गरिएको सुचना मार्फत भरिएका ३ सय पत्रकार मध्ये पहिलो चरणमा अति प्रभावित पत्रकार साथीहरुलाई छनोट गरेर लेखनबृत्तिको काम भैरहेको छ ।

प्रेस स्वतन्त्रतालाई धरापमा पर्न नदिने गरी इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइटेलको नेतृत्वमा उपाध्यक्ष किशोर सापकोटा , निबर्तमान बरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहाल ,उपाध्यक्ष बिष्णु शितल, बिजय थापा लगायतका पदाधिकारी , सदस्य र शुभेच्छुक साथीहरुको प्रमुख भुमिकामा काम भैरहेको छ । जुन परियोजनाले गर्दा इन्जा नेपालमा मात्र होइन बिश्वमै स्थापित भएको छ । अझ पछिल्लो समयमा कोरोना महामारीका कारण पत्रकारहरुमा लागेको घाउमा लागेको मलम लगाउने गरी भएको लेखनबृत्तिले श्रमजीबी पत्रकारहरुमा उत्साह छाएको छ र पत्रकारहरुलाई परेको बेला नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जा छ है भन्ने परेको छ ।कोरोना महामारीको संकटबाट पीडित पत्रकारलाई राहतको अनुभुति पनि भएको छ । तर धेरै पत्रकारहरु प्रभावित भएकोले सबै पक्षको सहयोगको हात बढाउनु पर्ने खाचो छ ।

नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय इन्जा ग्लोबलको निर्णय अनुसार इन्जा एशियाको संयोजनमा भैरहेको लेखनबृत्ति कार्यक्रममा पत्रकारहरु निकै सक्रियता साथ लाग्नुभएको छ । उहाहरुले बिभिन्न मिडिया मार्फत सामग्रीहरु निकै रोचक र समाजलाई नयां दिने खालका रहेका छन । यो कार्यक्रमलाई प्रभाबकारी बनाउन निकै सहयोगी भुमिका निर्बाह गर्नुहुने मानब अधिकार संचार प्रतिष्ठानका अध्यक्ष मीना शर्मा , इन्जाका सल्लाहकारहरु तीर्थ कोइराला , तारानाथ दाहाल , घमराज लुइटेल , इन्जाका जिम्मेबार साथीहरु दिपक रिजाल , रीता सापकोटा ,नारायण न्यौपाने, दिपेन्द्रदोङ तामाङ, दिपु पोख्रेल, रामप्रसाद भण्डारी , बिशाल गैर,े बिनेश खनाल , लीलाधर उपाध्याय लगायतका इन्जा एशियाको सिगो टीम प्रति म इन्जा एशियाको अध्यक्षको हैसियतले म टंक पन्त आभार ब्यक्त गर्दछु । किनकि पत्रकारहरुलाई अफ्ट्यारो परेको बेला सहयोग गर्नेहरु भनेका साच्चिकै भगवान हुन । खास गरी पत्रकारमाथि संकट पर्नु भनेको सिगो पत्रकारिता माथि नै आच आउनु हो । त्यसैले पत्रकारिता उपर आच आउन नदिन पनि इन्जाले भुमिका निर्बाह गरिरहेको छ ।

नियमित रुपमा काम गरिरहेका पत्रकारहरुलाई बिना आधार काममा नआउनु भन्नु र काम गर्ने बाताबरणलाई बिगार्ने काम कसैबाट गर्नुहुदैन । प्रेस स्वतन्त्रता , सुचनाको हक प्रत्याभुति गर्ने जिम्मेबारी बोकेका पत्रकारहरुलाई राज्ले पनि सहयोग गर्नुपर्छ । श्रमजीबी पत्रकार ऐन ब्यबहारमै कार्यान्वयन गराउने दायित्व पनि राज्यकै हो । राज्यले गर्नुपर्ने भुमिका निर्बाह गर्नुपर्छ भने पत्रकारहरुले पनि आफनो ब्यबसायिकतालाई तिखार्दै लैजानुपर्छ । ब्यबसायिकता प्रति कतिपय साथीहरुले जिम्मेबारी बोध नगर्दा सिगो पत्रका।िरतामाथि नै आक्षेप लाग्ने गरेको छ ।

पत्रकारिता जति ब्यबसायिक हुन सक्यो त्यति पत्रकारहरुको गरिमा बढने हो । पत्रकारहरुले कसैप्रति रिस उठदैमा जे मन लाग्यो त्यहि लेख्यो भने पत्रकारहरु यस्तै हुन भन्ने आरोप लाग्छ त्यसतर्फ हामीले पनि ध्यान दिनुपर्ने खांचो छ । पत्रकारितालाई ब्यबसायिक , ब्यबस्थित बनाउन आफनो ठाउमा भुमिका खेल्ने गरी इन्जाले आगामी योजना समेत तय गरेको छ । देश भरिका पत्रकारहरुसंग अन्तरक्रिया गरी अहिलेको अबस्थामा पत्रकारहरुका समस्या के छन , समस्या समाधानका लागि के गर्नुपर्छ , कस्को भुमिका के हुन्छ, अब कसरी अगाडि बढ्नुपर्छ र इन्जाले के गर्न सक्छ भन्ने निष्कर्ष निकालिने छ ।

कोरोना महामारी पछि नेपाली पत्रकारिता क्षेत्रमा परेको असर र पत्रकारहरुले भोग्दै आएको समस्या आफैमा प्रेस स्वतन्त्रता माथि अकुश लाग्ने खतरा हो भन्ने रुपमा लिनुपर्छ । सोही अनुसार सबै पक्षले पत्रकारितालाई ब्यबसायिक , सक्षम र प्रभाबकारी बनाउन भुमिका निर्बाह गर्नुपर्छ । मिडिया संचालकहरु र श्रमजीबी पत्रकारहरु मिलेर नै संस्था अगाडि बढने हो भन्ने कुरालाई संचालकहरुले पनि बुझिदिएमा अहिले कोभिड १९ को प्रभाबमा परेका साढे ६ सय पत्रकारहरुले पनि राहत पाउने थिए । त्यस मध्ये कतिपय पत्रकारहरुलाई इन्जाले नेपाली पत्रकारहरुले गरेको सहयोग केबल टोकनको रुपमा रहेको छ । तैपनि इन्जाको सहयोगलाई आम पत्रकारहरुले जुन रुपमा अत्यन्तै उत्साहको रुपमा लिएका छन त्यसले इन्जालाई आगामी दिनमा सहयोगी हात बढाउने गरी योजना बनाउन महत्पुर्ण भुमिका खेल्ने बिश्वास गरिएको छ ।
समाचारपत्रबाट

प्रतिक्रिया