आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:२६
वासिङटन डिसी 17:41

अमेरिकी सिनेटले दशैको दिन सर्वोच्च अदालतकी न्यायधिश एमी ब्यारेटलाई निश्चित गर्न मतदान गर्ने

इनेप्लिज २०७७ कार्तिक ५ गते २:०४ मा प्रकाशित

अमेरिकी सिनेटले आगामी अक्टोबर २६ अर्थात् संयोगवस नेपालीहरुको महान चाड दशमीको दिन सर्वोच्च अदालतकी न्यायधिश एमी ब्यारेटलाई निश्चित गर्न मतदान गर्ने भएको छ ।

मंगलबार सिनेटका बहुमतका नेता मिच म्याककोनेलले सोमबार मतदान गर्ने योजना गरेको बताए । आगामी बिहिबार सम्म सिनेट न्यायिक समितिले ब्यारेटको मनोनयनलाई अनुमोदन गर्ने अपेक्षा गरेको छ ।

र बिहिबार अन्तिम मतदानको लागि सबै तयारी गर्ने तरखरमा रहेका छन् । आगामी नोभेम्बर ३ का दिन हुने राष्ट्रपतिको निर्वाचन हुनु हप्ता दिन अगाडी मतदान हुने भएकोले सिनेटमा रहेका डेमोक्र्याटहरुले प्रभावशाली ढंगले यसको बिरोध गर्ने छन ।

सिनेटमा रिपब्लिकनहरुको बहुमत भएकोले उनको अनुमोदन हुने छ । सर्वोच्च अदालतको न्यायाधिशको अनुमोदनको लागि सिनेटमा मात्र सुनुवाई र अनुमोदन गरे पछि मनोनित हुनेछ ।

सर्वोच्च अदालतमा ब्यारेट समेत राष्ट्रपति डोनाल्ड ट्रम्पले तेश्रो न्यायाधिश मनोनयन गरेका हुन् । कुनै पनि हालतमा रिपब्लिकनले मतदान गरि उनलाई निश्चित गराउने छ ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया