दशैमा बिरु थापा मगरको कौरा गीत

इनेप्लिज २०७७ कार्तिक ५ गते २:०२ मा प्रकाशित

 


न्यूयोर्क।बडा दशैं र दिपावलीको अबसर पारेर बिरु थापा मगरले कस्की छोरी भन्ने कौरा गीत बजारमा ल्याउनु भएको छ।

देउराली म्युजीकले बजार ब्यबस्थापन गरेको उक्त कौरा भाकामा बिरु थापा मगर,दिपेन्द« आले,संगीता थापा मगर,विन छन्त्यालले स्वर दिनुभएको छ। एल्बमको लय शब्द र स्वर गायक दिपेन्द« आलेको रहेको छ।

जेठी,माईली,साईली,कान्छी कुन छोरी हो नानी…भन्ने शब्दको कौरा गीतले नेपालमा प्रचलित मगर समुदायको कला र सस्कृतिलाई झल्काउन खोजेको गायक आलेले भन्नुभयो।सोमबार यूट्युब मार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा आरुसी मगर र शबनम थापामगर लाई देख्न सकिन्छ।म्युजिक भिडियोको निर्देशन चित्र मास्की मगरले गर्नुभएको हो।

 

 

प्रतिक्रिया