स्विडेनमा साझा सद्भाव समूहको राष्ट्रिय समिति गठन।

इनेप्लिज २०७७ कार्तिक ५ गते १:४३ मा प्रकाशित

साझा पार्टीले देश भित्र र बाहिर सबैतिर व्यापकरुपमा संगठन विस्तार अभियान लाई तीब्र रुपमा अघि बढाइरहेको छ। यसै प्रयास अन्तर्गत स्विडेनमा पनि १७ सदस्यीय राष्ट्रिय समिति गठन भएको छ जसको संयोजकमा दिपराज थापा रहेका छन्।

अन्तराष्ट्रिय रुपमा साझा पार्टीले यो भन्दा अगाडि नै १८ देशमा साझा सद्भाव समूह निर्माण गरिसकेको छ भने स्वीडेनले करिब १ महिना सम्मको निरन्तर छलफल र सम्पर्क जुटाई सद्भाव समूहको १९ औँ राष्ट्र बन्न सफल भएको हो।

स्विडेनको उक्त नव गठित राष्ट्रिय समितिको सह-संयोजकमा श्याम कुमार बस्नेत, प्रवक्तामा अर्चना रिमाल, सचिवमा दिपक पौडेल, सह सचिवमा अशोक बहादुर खड्का, संचार संयोजकमा प्रकृति अधिकारी, कोषाध्यक्षमा बिष्णु प्रसाद नेपाल र केन्द्रीय सदस्यहरुमा ,सुमन बराल, विश्वास श्रेष्ठ, संजीव रिसाल, निर्जल खड्का ,माधव तिमिल्सिना, परमानंद शर्मा ,लक्ष्मी भण्डारी, नारायण पराजुली, प्रकाश गौतम र सन्तोषपौडेल रहेको युरोप महादेशीय संयोजक एस. के. श्रेष्ठले बताए।

सो घोषणा कार्यक्रम भर्चुवल रुपमा साझा पार्टी संयोजक रवीन्द्र मिश्रको विशेष उपस्थितिमा अन्तर्राष्ट्रिय संयोजक डा. राजेन्द्र पंगेनी, युरोपसंयोजक एस. के. श्रेष्ठ र सद्भाव समूहका युरोप प्रवक्ता प्रभात किरणको उपस्थितिमा सम्पन्न भएको थियो जसको सहजीकरण दिपक पौडेललेगरेका थिए।

-प्रकृति अधिकारी

प्रतिक्रिया