आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:४७
वासिङटन डिसी 18:02

ट्रम्पको कर अभिलेखले चिनियाँ बैंक खाता कायम गरेको खुलासा :न्यू योर्क टाइम्स

इनेप्लिज २०७७ कार्तिक ५ गते १:३५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको कर अभिलेखले वर्षौंदेखि चीनमा विस्तृत ब्यापार परियोजनाहरु अपनाएका कुरा न्यू योर्कले समाचार लेखेको छ ।

उनीहरुमा चिनियाँ बैंक खाता पनि राखिएको छ भनि न्यु योर्क टाइम्सले मंगलबार रिपोर्ट(समाचार)प्रकाशित गरेको छ ।

ट्रम्पले राष्ट्रपति पदका प्रजातन्त्रवादी उम्मेदवार जो बाइडेनलाई चीन संग नरम छ भन्ने आरोप लगाई रहेको बेला आफ्नो व्यवसायको लागि खाता खोलेको सार्वजनिक गरेको छ ।

न्यू योर्क टाइम्सद्वारा ट्रम्पको कर रेकर्ड(अभिलेख )को विश्लेषणले देखाउँदछ कि राष्ट्रपतिले चीनमा पहिले असम्बन्धित बैंक खाता राखेका छन् जुन उनको सार्वजनिक वित्तीय खुलासामा समावेश गरिएको थिएन न्यू योर्क टाइम्सले भनेको छ ।

ट्रम्पको बेलायत र आयरल्यान्डमा बैंक खाताहरू छन। चिनियाँ खाताहरु भने ट्रम्प इन्टरनेसनल होटेल व्यवस्थापन द्वारा नियन्त्रित छ । र यसले २०१३ देखि २०१५ सम्ममा १ लाख ८८ हजार ५ सय ६१ डलर कर तिरेको थियो।

श्रोत :न्यू योर्क टाइम्स/सिएनएन

प्रतिक्रिया