डा.चन्द्र गिरीको सन्देशमुलक गीत चर्चामा

इनेप्लिज २०७७ कार्तिक ५ गते ०:१३ मा प्रकाशित

लामो समयदेखि थाईलैन्ड, क्यानाडा, र अमेरिकालाई कर्मथलो बनाईरहेका गीतकार डा. चन्द्र गिरी करिब एक बर्ष देखि फुर्शदको समयमा गीत लेख्न थालेका छन । गीतकार गिरीका लगभग १ दर्जन गीत रेकर्ड भईसकेका छन् र केहि रेकर्ड हुने क्रममा छन्। पेशाले उनि वरिष्ठ वातावरणविद् हुन् र हाल अमेरिकी सरकारको उच्च ओहोदामा रही काम गर्छन।

हालै डा.चन्द्र गिरीको शब्दरचनामा रहेको गीत सानो र ठुलो हुदैन मान्छे हौँ हामी बराबर को लिरिकल भिडियो सार्वजनिक भएको छ l भिडियो करिब तिन हप्ता अघाडी गीतकारकै आधिकारिक युट्युब च्यानल Rupantara Music बाट रिलिज भएको हो l सुवास भुसालको सङ्गीत तथा प्रताप दासको स्वर रहेको यस गीतमा पुरुषोत्तम सुवेदीले म्युजिक एरेन्ज र अशोक महर्जनले मिक्सिङ / माष्टरिङ गरेका छन् भने गीतको रेकर्डिङ कुमार के. सी. ले गरेका हुन् l गीतको लिरिकल भिडियो गीतकार डा. चन्द्र गिरी स्वयंको सम्पादनमा तयार भएको हो l

करिब तिन हप्ताको दौरानमा गीत ले लगभग १ लाख भ्युज पाईसकेको छ l

जातीय छुवाछुत र भेदभाव विरुद्धमा रहेको यस गीतमा मान्छे सानोठूलो हुँदैन भन्ने कुरा व्यक्त गरिएको छ l कोही जन्मदै पूज्य र कोही अछुत हुने हाम्रो सामाजिक कुरीतिमाथि गीतले खुलेर बिरोध गरेको छ l गीतलाई तलको लिंक मा क्लिक गरि सुन्न सकिन्छ l

पुरा गीत यस प्रकार छ l

सानो र ठुलो हुँदैन मान्छे हौँ हामी बराबर
सानो र ठुलो हुँदैन मान्छे हौँ हामी बराबर
सानो र ठुलो हुँदैन मान्छे हौँ हामी बराबर
भेद र भाव नगर मान्छे छौँ हामी बराबर
सानो र ठुलो हुँदैन मान्छे छौँ हामी बराबर
सृष्टि को फुल जन्मिनै नपाई हुँदैन अछुत
सृष्टि को फुल जन्मिनै नपाई हुँदैन अछुत
खोलनआँखा चिनन उस्लाई देशको सपुत
एउटै छ आकाश एउटै छ धरती, मायाको संसार
नहोस है बालक जन्मदै देखि, सोचको सिकार
सानो र ठुलो हुँदैन मान्छे हौँ हामी बराबर
रगत छ रातो सपना साँचो हौँ हामी नेपाली
रगत छ रातो सपना साँचो हौँ हामी नेपाली
प्रेमको माला लगाई राखौँ शिर हाम्रो उचाली
मानब जाति मानबता बोकी सद्भाव फैलाउ
सानो र ठुलो भेद र भाव सधैँलाई हटाऊ
सानो र ठुलो हुँदैन मान्छे हौँ हामी बराबर
हौँ हामी बराबर

केही समय अघि मात्र रिलिज भएको डा. गिरीको भिडियो नाचें फिरिरी ले युट्युबमा २८ लाख भ्युज पाईसकेको छ भने रेकर्ड भईसकेका अन्य गीतको पनि क्रमैसँग भिडियो आउने तयारी भईरहेको थाहा भएको छ ।

प्रतिक्रिया