भारतीय सेना अध्यक्षको नेपाल भ्रमण : विडम्बना की बाध्यता

विकास थापा २०७७ कार्तिक ५ गते ०:०६ मा प्रकाशित

नेपाल सॅग बिग्रेको सम्बन्ध  सुधार गर्न भारत अव के गर्न चाहन्छ ? उसका नयॅा रणनीति के के छन् ? के के हुन सक्छन् ? नेपालले भारतको मनोविज्ञान र उसले चाल्न सक्ने संम्भावित रणनीति राम्रो सॅग आजै बुझ्न जरुरी छ । भारतले लिपुलेक , कालापानीको सिमा विबादको बिषयलाई लिएर नेपाललाई सुरुमा धम्क्याएर तह लगाउने रणनीति त लियो तर त्यस रणनीतिले केही काम गरेन । त्यसपछि के पी ओली सरकार ढाल्न कम्मर कसेर लाग्यो । त्यसमा पनि भारत असफल भयो । तसर्थ अहिलेको भारत नेपालको लागी घाईते बाघ नै हो । चीन र पाकिस्तानको बिषयमा थप बहस नगरौं । भारत अव नेपालाई सुरुमा फकाउने ,आबश्यक परिआएको खण्डमा निचार्ने र धम्क्याउने रणनीतिमा छ । यसलाई भारत आजै र अहिल्यै बाहिर देखाउन चाहॅदैन । नेपालले केही अनुमान गर्न नसकोस भन्ने गुप्त मिसन पनि हो । भारत नेपाल माथि आफ्ना हरेक स्वार्थ शान्त र कुटनीति तवरले गर्ने रणनीतिमा छ अव । कोरोना महामारीले थला परेको भारत बाहिर नदेखाए पनि भित्र निक्कै हतास मनस्थितिमा छ । अहिले भारतलाई तीन ठूला सुरक्षा थ्रेट छन् : पहिलो हो पाकिस्तान , दोस्रो हो चीन र तेस्रो हो आन्तरिक । यदि चीन बीचमा नआऊने हो भने पाकिस्तान र आन्तरिक समस्यालाई भारत सहजै पेल्न सक्छ तर चीनको सानो सहयोग र उपस्थिति पनि भारतको लागी निक्कै ठूलो चुनौति र समस्या बन्छ । त्यसले गर्दा भारत चीन सॅगको नेपालको सबन्धलाई लिएर निक्कै आक्रोसित ,हतास र शसंकित छ । त्यसको थप असर नेपाल माथि पर्ने निश्चित छ तर कहिले र कस्तो असर पर्छ त्यो अहिल्यै अनुमान गरि बोल्नु हाल्नु हतार हुन सक्छ ।

कोरोना महामारीले थला परेको भारत बाहिर नदेखाए पनि भित्र निक्कै हतास मनस्थितिमा छ ।

नवभारत टाइम्‍स को रिपोर्टलाई आधार मान्ने हो भने भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणे ३ नोभेम्वरमा नेपाल भ्रमणको लागी आउॅदै छन् । नेपालमा नयॅा मन्त्री मण्डलको गठन हुनु । के पी ओलीले भारतको इसारा बमोजिम कतै उप तथा रक्षा मन्त्री ईश्वर पोख्रेललाई पदच्युत त गराएका होइनन् । भारत विरुद्द ईश्वर पोख्रेलले दिएका कडा अभिव्यक्तिले भारत पक्कै चिढिएको हुनु पर्छ । नयॅा नक्सा ,कालपानी र लिपुलेकको बिषयमा भारतले नेपालबाट इतिहासकै सबैभन्दा ठूलो चुनौती भोगेको छ । जसमा राम जन्मभूमिको कहानि थपिए पछि भारत झन् ठूलो दवावमा छ । पछिल्ला तीन दशक नेपालले राजनीतिक अस्थिरता निक्कै भोग्यो । जसले गर्दा भारतलाई यसरी दवावमा कहिल्यै राख्न सकेको थिएन । यसपल्ट भारतको लागी नै यो सव अप्रत्यसित भयो । त्यसको प्रत्यक्ष असर कुटनीति र छिमेकीमा पर्न गयो । नेपालको राजनीति अस्थिरताको गलत फाईदा उठाउने नियत भारतले पटक पटक देखायो । कालापानी लिपुलेक सबन्धमा भारतीय सेना प्रमुखको केही समय अगाडि आएको अभिव्यक्ति र अहिले तय भएको नेपाल भ्रमणलाई नेपालले कहिल्यै फरक चश्माले हेर्नु हॅुदैन । जब भारत नरम र झुकेर अगाडि आउॅछ पछिपछि कुनै न कुनै रणनीति धूर्तचाल बोकेर आईरहेको हुन्छ । भारत ॲग्रेजको गुलामीबाट स्वतन्त्र भएको यो ७३ बर्षमा नेपालमाथि अनेकौं कुटिल चाल र धूर्त नाटक रच्यो । ती कुनै पनि बिश्वासयोग्य र नेपालको हितमा छैनन् । धूर्तता , कुटिलता र नीचपना भारतको राज्यसत्ताको जिनमै छ । यो आजै परिबर्तन भयो भनि सोच्नु नेपालको ठूलो पटमूर्खता मात्र हुनेछ । मोदीको उदय पछि भारत थप बिस्तारवादी बन्दै गएको छ ।

जब भारत नरम र झुकेर अगाडि आउॅछ पछिपछि कुनै न कुनै रणनीति धूर्तचाल बोकेर आईरहेको हुन्छ ।

नेपाल-भारत बीचको नक्सा बिवाद पछि नेपाल-भारत सबन्धमा बढेको चिसोपनले घाटा भारतलाई बढी छ । यसमा सैन्य र सामारिक पक्ष मात्र जोडिन आउॅदैन । अर्थव्यवस्था र अर्थतन्त्र पनि घनिभुत रूपले जोडिएर अगाडि आउॅछ । नेपालले भारतीय अर्थतन्त्रमा पुर्याएको योगदान र भारतले नेपाली अर्थतन्त्रमा बाट आज सम्म गरेको एकोहोरो लुट र दोहोनको बिषय अर्को छुट्टै पाटो छ ।यो यतिमा बहस गरेर सकिदैन । यसको लागी थप अध्ययन नै जरुरी छ । रोटी र बेटीको राम कथनी हालेर संसारकै सबैभन्दा खुल्ला ,सजिलो ,एकलौटी र नाफा मुलक ब्यापार भारतले कहि पाएको छ भने त्यो नेपाल नै हो । ७३ बर्ष देखी नेपाली बजारमा भारतको एकाधिकार छ । नेपालको ब्यापार यसरी नै हडप्दै आएको छ । भारत सरकार र भारतीय मेडिया नेपालसॅग हतास हुनको भित्री कारण सामारिक र सॅाकृतिक सबन्ध मात्र नभएर धेरै गहिरो आर्थिक कारण पनि हो । नेपालसॅगको ब्यापार बाट हुने दैनिक र बार्षिक फाइदा भारतको चरम गरिविको रेखामुनि रहेका लगभग १० करोड भारतियाहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपले नेपालसॅग आश्रित रहेका छन् । भारतले प्रत्यक्ष ब्यापार बाट १०/१२ बिलियन डलर र अप्रत्यक्ष रूपमा नेपाली कामदारले निक्कै सस्तो मूल्यमा भारतिया अर्थतन्त्रमा दिएको योगदान कम चानेचुने छैन । भारतीय कामदारले नेपाल बाट लैजाने ठूलो रेमिट्यान्स । खुल्ला सिमाना बाट हुने ब्यापार र चोरी पैठारी आदि सबै जोड्दा नेपालबाट भारतले बाषिक न्युनतम १५ बिलियन डलर भन्दा माथिकै ब्यापार हत्याउने गर्छ । अरबमा ४५ डिग्री तातो खपेर नेपालीले बुझेको तलव नेपालमा झरेको २४ घण्टा नपुग्दै दाल , चामाल , औषधी-उपचार , ग्यॅास ,पेट्रोल र अध्ययनको लागी भारत पुग्ने भएपछि भारत यो बजार कदापी गुमाउन चाहॅदैन् । यो एकलौटी बजारमा तलमाथि हुनु भनेको बार्षिक १५ बिलियन डलरको ब्यापार चीनको पोल्टामा हालिदिनु हो ।

नेपाल भारतसॅग परनिर्भर मात्र छ भनि एकोहोरो सुगा रटाई गर्ने अर्थविदहरूलाई म सोध्न चाहन्छु के भारतले त्यो मूर्खता कहिल्यै गर्ला ? हामी दोहोरै परनिर्भर भएर बॅाचेका मुलुक हौ र छौ । नेपाल भित्रका भारतीय दलालहरूले यो कुरा किन कहिल्यै बुझ्दैनन् र आत्मसाथ गर्दैनन् ? यो यथार्थ भारत नेपाल दुवैले समयमै बुझ्नु जरुरी छ । दुवै देशले एक अर्काको यथार्थ र भौगोलिक अखण्डतालाई स्वीकार र सम्मान नगरि सुखै छैन । यथार्थ अनुभुति र एक अर्कालाई सम्मान नगरि गरिएको कुनै पनि सबन्ध विकासका बार्ताहरू ठोस परिमाणमुखी बन्न कदापी सक्दैनन् । बन्ने पनि छैनन् । भारतीय सेना अध्यक्ष आएर प्रधान सेनापती र प्रधामन्त्री सॅग जतिनै कुम जोडे पनि सिमा विबादको चिसो पन नहटाई एकअर्का प्रतिको शंक्का र उपशंक्का सॅधै जिवितै रहन्छ । भारतले नेपालसॅग सॅाच्चै नै असल , भरोसा योग्य र नयॅा सबन्ध बिस्तार गर्ने चाहेको हो भने “ कुनो पर्दा चेप्ने , छेऊ पाए धकेल्ने “ धूर्त नीति आजै बाट त्याग्नु पर्छ । भारत बृटिश उपनिवेसको धङ्धङी छोडेर बार्तामा बस्नु पर्छ । इतिहास र यथार्थ नबुझी यिनले प्रदर्शन गर्ने मिचाह प्रवृति ,आफुमात्र सत्य भन्ने तर्क र मपाईत्वलाई सदाको लागी दिल्लीमा छोडेर काछमाडौं ओर्लनु पर्छ । तव मात्र केही समधान निस्कॅन सक्छ । सबन्धका नयॅा आयमहरू थपिन सक्छन् ।

नेपाल र भारत बीच औपचारिक संवादको सुरुवात हुनु र सबन्ध सुध्रनु आफैमा राम्रो हो । भारतले नेपाललाई सॅधै किचेर मिचेरै तह लगाउॅछु भनि सोच्नु अवको नयॅा बिश्व परिवेसमा ठूलो मूर्खता र धोका हो । नेपाललाई पेलेर , मिचेर ,किचेर , थिचेर र के पी ओली सरकारलाई ढालेर भारतले नेपाललाई जसरी पनि तह लगाउॅछु भन्ने सोच पालेर बसेको थियो ,त्यो लगभग अव समाप्त भएको छ । तर भारत घाईते बाघ बनेर गम्भिर रणनीति र तयारीका साथ अगाडि आएको छ । संबिधान निर्माणको बदलमा नेपाल भॅुईचालोले क्षतबिक्षत भएको अबस्थामा नाकवन्दिको ठूलै उपहार दिन सक्ने छिमेकीको मनोविज्ञान र मानविय धर्म काठमाडौंले पटक पटक छामिसकेको छ । जति नै रोटी र बेटीको कथा हाले पनि त्यो सम्मान त नेपालीले कहिल्यै बिर्सन् हॅुदैन र बिर्सदैनन् पनि । नालापानी युद्धमा ॲग्रेजले थुनिदिएको पानीको मुहान र त्यो नाकवन्दिमा खासै केही भिन्नता छैन नेपालको लागि । भारतीय सेना अध्यक्ष अव भारतीय बौद्धिक मतिष्क नै बोकेर नेपाल आउॅछन् वा बेलुनयुक्त इन्डियन मतिष्कले बार्ता गर्छन् । मुख्य समस्या यहि छ । भारतीय सोच र इन्डियन सोचमा निक्कै फरक छन्। भारत अहिले दुई कुराले अति नै दवावमा छ । पहिलो हो गोर्खा भर्ती र दोस्रो हो निरन्तर नेपालमा बढेको चीनियॅा हस्तक्षेप र चासो ।

भारतले नेपालसॅग सॅाच्चै नै असल , भरोसा योग्य र नयॅा सबन्ध बिस्तार गर्ने चाहेको हो भने “ कुनो पर्दा चेप्ने , छेऊ पाए धकेल्ने “ धूर्त नीति आजै बाट त्याग्नु पर्छ ।

भारतले लिपुलेक र कालापानी समस्या समधानको लागी कदापी आफ्नो सेना अध्यक्षलाई नेपाल पठाउन खोजेको होइन् । भारतले सिमा समस्या सॅधैको लागी समधान गरौ भनी यो बार्ता गर्न खोजेको छैन । परिस्थिति यो भन्दा थप नबिग्रियोस भनेर होल्ड मात्र गराउने रणनीति मात्र हो । यो लेखेर राख्नुस जति चरणमा बार्ता भए पनि नक्सा र सिमाना समस्याको बिषयमा भारतले एउटा न एउटा खोते अन्तमा थापिहाल्छ ।कोरोनाको निम पारेर चीनको उक्साहटमा नेपालले सिमा सॅधैको लागी बन्द गरिदियो भने वा गोर्र्खा भर्ती बन्द गरिदियो भने यसले भारतलाई दिने धक्का कम चानेचुने छैन । अर्को तिर नेपाल सॅग हुने बार्षिक ९-१२ खर्बको भारतिया ब्यापार ध्वास्त हुन्छ । त्यो आर्थिक फाइदा सोतह भोली चीनले नै लिन्छ । भारतको लागी यो भन्दा ठूलो पराजय र लज्जाको बिषय अरू केही हॅुदैन् । यिनै तिक्तता बीच भारतिया सेना अध्यक्ष नेपाल आउन आत्तिनुको प्रमुख कारण नै यहि हो । यो नेपालले समयमै बुझ्न जरुरी पनि छ ।

अव अलिकति वहस बदलौ । बृटिस भारत आउनु अघि भारतमा ६३० राज्या रजौटा थिए । अंग्रेजहरूले ६३० भारतिया राज्या रजौटाहरूलाई एकिकरण गरेर एक बिशाल भारत बनाईदिए । बिशाल भारत भारतीयाहरूको पौरखले बनेको होईन् । बृटिसको बुट र राईफलले बनाएको हो । फलस्वरूप सन् १९४७ मा बृटिसहरूले भारत छोड्नु अघि भारतलाई दुई टुक्रमा बिभाजन गराए हिन्दुस्थान र पाकिस्तान गरि । बंगलादेश पूर्वी पाकिस्तान थियो पछि पाकिस्तान सॅग छुट्टिएर नयॅा देश बन्नुमा भारतको ठूलै हात छ । जसमा जुनागढ , हैदरवाद र कस्मिर स्वतन्त्र थिए । सन् १९४७ पछि भारतले नेपाल सरकार र गोर्खाली सेनाको बिशेष सहयोगमा जुनगढ र हैदरवादलाई आफुमा मिलायो । जम्मु कास्मिरको केही हिस्सा पाकिस्तानले लियो र बॅाकी अहिले भारतमै छ । लद्दाखको केही हिस्सामा चीनले कब्जा जमायो । पछि चीनले तिब्बत खायो भारतले सिक्किम । भारतले लडेका हरेक युद्धमा गोर्खालीको रगत र पसिना बिना भारतले कुनै युद्ध लडेकै छैन । जितेकै छैन । तसर्थ पनि नेपाल र गोर्खाली भारतको लागी कति महत्वपुर्ण छ । त्यो कुरा भारतले नबुझ्ने कुरै भएन । तसर्थ भारत नेपाल सॅगको सम्बन्ध कुनै हालतमा सुधार्न चाहन्छ । नेपाल सॅगको सम्बन्ध धेरै लामो समय चिसो रहनु भारतको लागी आत्मघाती गोल नै हो । यसको फाईदा चीनले कुनै हालतमा उठाउन नपाओस भन्ने कुरामा भारत र भारतिय सेना निक्कै सजक छ । सचेत छ । चनाखो छ । चीनको बढ्दो शक्ति ,आक्रामक नीति र कोरोनालाई समयमै नियन्त्रण गर्न सक्नुले भारत माथि थप दवावहरू परिरहेका छन् । यी दवाबहरूलाई झेल्नु त छॅदै छ त्यसमाथि पाकिस्तानमाथि राखिराख्नु पर्ने नजर र आफ्नै घर भित्रको किचलो र समस्या कम चानेचुने छैनन् । भाजपा भित्र उम्लिएर र उर्लिए अगाडि आएको मुस्लिम बिरोधी राष्ट्रवादले पनि एकदिन भारतलाई गृहयुद्धमा धकेल्न सक्छ । कुनैदिन भारतको लागी पाकिस्तान भन्दा ठूलो समस्य यो पनि बन्न सक्छ । भारतीय नेतृत्व र भाजपालाई यसको हेक्का भए पनि भारत यस बिषयमा अहिले सम्म गम्भिर छैन ।

भारत सैन्य शक्तिमा कति शक्तिशाली हो त ? त्यो कुराको पनि ज्ञान हुन जरुरी छ । अहिले सेनाको संख्या मात्र ठूलो भएर हॅुदैन । भारत र भारतीया मेडियाले युद्धको लागी जतिनै प्रचारबाजी र तयारी गरे पनि भारतसॅग अत्यधुनिक फाईटर जेट राफेल जम्मा पॅाच वटा छन् । बॅाकी जेट फ्रान्सबाट प्राप्त गर्न सन् २०२२/२३ सम्म नै कुर्नु पर्ने निश्चित छ । राफेल पाएर र आएर मात्र भारतलाई सुख छैन राफेलको मर्मत ,त्यसमा फिट हुने मिसाईलको लागी भारत निरन्तर फ्रान्सको नै भर पर्नु पर्ने देखिन्छ । फ्रान्सले भारतलाई राफेल मात्र बेचेको हो प्रविधि होईन् । ब्यापारी पश्चिमा मुलुकहरूले यो मूर्खता कहिल्यै पनि गर्दैनन् । भारतसॅग रहेका रसियन पुरानो फाईटर जेटको हालत के छ बालकोट हमला पछि पाकिस्तानले खसाई दिएको भारतिया फाईटर जेट नै उदाहरणको लागी काफी छ । थोत्रा र पुराना मोडलका फाईटर जेटको संख्या जति गने पनि भारतको सक्कलि हवाई शक्तिनै यही हो ।भारत यहि कारणले खुम्चिरहेको छ । भारतको प्रतिरक्षा प्रणाली पनि गतिलो छैन । पॅाच राफेल बाहेक बॅाकी पुराना फाईटर जेट पाकिस्तानी सैनिक राडारकै निगरानी र क्षमता भित्र छन् । युद्ध भए पाकिस्तानले चाहेको बखत खसाल्दिन सक्छ । यस बिषयमा चीनलाई जोडेर बेतुकको बहस गर्नु समयको अनाबश्यक बर्बादी मात्र हो ।

नेपाल सॅगको सम्बन्ध धेरै लामो समय चिसो रहनु भारतको लागी आत्मघाती गोल नै हो ।

भारतले बदलिदो परिस्थिति अनुसार एकसाथ तीन मोर्चा समाल्नु पर्ने देखिन्छ । यसमा नेपालाई पनि थप्यो भने चार पुग्छ । यसलाई तीन मोर्चा अथावा अढाई मोर्चा जे नाम दिए पनि यी तीनै निक्कै शक्तिशाली छन् । भारतीय सेनाको मोटामोटी तयारी बुझ्दा पाकिस्तान सॅग युद्ध भईहालेमा दश दिनमा युद्ध सक्ने तयारी देखिन्छ तर भारतले सोचे जस्तो त्यति कमजोर छैन पाकिस्तानी सेना । आणविक युद्ध भन्दा बाहेक १० दिनमा कुनै युद्ध गरेर भारतले पाकिस्तानलाई हराउन सक्ने स्थिति नै देखिदैन । अर्को तिर भारतसॅग जति आणविक हतियार छन् त्यसैको हारहारिमा वा अझ बढी पाकिस्तान सॅग पनि आणविक हतियार रहेको अनुमान गरिन्छ । यदि टाईम अफ इन्डियाको लेखलाई आधार मान्ने हो भने सन् २०२२/२३ सम्म ठूलै युद्ध भईहालेमा भारतसॅग १० दिनको लागी मात्र पुग्ने युद्ध सामाग्री मौज्दातमा छ । ठिकैको युद्ध भएमा ४० दिनलाई धान्न सक्ने अनुमान छ । भारतिया सेनासॅग भएको ५० प्रतिशत भन्दा बढी शैन्य सामाग्री २० दिने युद्धलाई पनि धान्न नसक्ने अवस्थामा छन् । तसर्थ भारतले चीनसॅग तत्काल युद्ध गर्ने हल्ला कल्पना बाहिराको कुरा हो । अर्को तिर अमेरिका र रसियाले भारतलाई सहयोग नगर्ने हो भने सामुद्रिक युद्धमा त भारत चीन सॅग एक हप्ता पनि टिक्न सक्दैन् । पनडुब्बि शक्तिमा चीन ,रसिया र अमेरिका भन्दा पनि अगाडि छ । चीनले हरेक युद्धको तयारी अमेरिकालाई प्रतिस्पर्धी मानेर गरिरहेको छ । यहि बाट थाह हुन्छ भारत सैन्य शक्तिमा कति अगाडि छ । चिसोमा एकपल्ट पडकन नसक्ने भारतिया राईफल इन्सासले उच्च हिमाली भेगमा चीनसॅग कस्तो युद्ध गर्ला ? इन्सास राईफल पुरै प्रतिस्थापन गर्न त भारत खोज्दै छ तर समय अझै धेरै लाग्छ । नेपाली सेनाले माओवादी सॅग युद्ध गर्दा त्यही भारतीय इन्सास राईफलको मात्र भर परेको भए हालत के हुने थियो ? धन्न एम-१६ समयमै किन्यो र माओवादी सॅग युद्ध लड्न सक्यो । यो भारतीया राईफलको यथार्थ हो । अझ रोचक कुरा त के छ भने कतिपय सैन्य बन्दोबस्तिको सामाग्री भारतले चीन सॅगै नै खरिद गरेर आफ्नो आबश्यकता पुरा गर्छ । कोरोना महामारी पछि भारतलाई केही फाईदा हुने भएको छ । चीनसॅग लड्न भारतलाई अमेरिकाले केही हातहतियार र फाईटर जेट बेच्न सक्छ । अन्यथा आज सम्म अमेरिकाले भारतलाई कुनै हतियार र प्रबिधि दिएको छैन । हतियार र प्रबिधिको लागी भारत अझै रसिया र इजरायलकै भरमा छ ।

भारतले यी तीनै चुनौतीहरूसॅग एकसाथ जुध्नको लागी सेनाको आधुनिककरण गर्नुको विकल्प छैन । तर सेनाको आधुनिककरण चीनको हारहारीमा गर्नेको लागी भारलाई यो रक्षा बजेट हात्तीको मुखमा जिरा नै हो । कोरोना महामारीले निरन्तर ओरालो लाग्दै गरेको भारतिया अर्थतन्त्रले त्यो उपलब्धि हॅासिल गर्ने कुनै संम्भावना नै देखिदैन । चीनसॅग प्रतिस्पर्धा गर्ने भारतीय रक्षा बजेटको आकार बढाउन कम्तिमा भारतीय अर्थतन्त्रको बृद्धिदर १५ प्रतिशत भन्दा माथि नै हुनु पर्छ । के यो भारतको लागी संम्भव छ ? भारतको लागी यो दिवा सपना मात्र हो । भारतीय अर्थतन्त्र चीनियॅा अर्थतन्त्रको तुलनामा सॅाढे चारगुणा भन्दा सानो छ । सन् २०१९ अर्थतन्त्रलाई आधार लिने हो भने बिश्वको बिश्वका पॅाच ठूला अर्थतन्त्रमा अमेरिका, चीन ,जापान ,जर्मनी पछि भारतीय अर्थतन्त्र पॅाचौ स्थानमा आउॅछ तर भारतीय अर्थतन्त्र चीनियॅा अर्थतन्त्र भन्दा ४.७८ गुणा सानो छ । सन् २०१९ को बिश्व अर्थतन्त्रलाई हेर्दा बिश्वको पॅाचौ ठूलो अर्थतन्त्र मानिएको भारतको अर्थतन्त्र अमेरिकाको पचास राज्य मध्ये एक राज्य क्यालिफोर्नियाको अर्थतन्त्र भन्दा सानो छ । कोरोना महामारीले थलिएको भारतीय अर्थतन्त्र यसबर्ष अझ खुम्चने निश्चित छ । दक्षिण एसियामा नेपाल , श्रीलंका , बंङ्गलादेश , माल्दिप्स र भुटान माथि अनाबश्यक दवाव दिनु र सिर्जना गर्नु भन्दा बाहेक यो दशकमा भारतले कुनै त्यस्तो ठूलो छिमेकी सबन्ध सुमधुर गर्ने संम्भावना देखिदैन । तसर्थ भारतसॅग नेपाल झुकिराख्न आबश्यक छैन । समय र परस्थिति निक्कै बदलिएको छ । कुनै देशको दादागिरी कुनै देशमाथि अव लामो समय टिक्दैन । भारतको त कुनै संम्भावना नै छैन । तसर्थ आफ्नो देशको हित अनुकुल भारतसॅग स्पष्ट कुरा राखेर नेपाल अगाडि बढ्न सक्नु पर्छ । डराएर , हच्किएर काम छैन ।

अहिलेको बिश्वमा कुनै पनि देशको सेना शक्तिशालि हुन आणबिक हतियार बाहेक पॅाच कुराहरू हुन् जरुरी छ । पहिलो हो कुनै पनि राडरले समात्न नसक्ने अत्यधुनिक फाईट प्लेन । दोस्रो हो सामुद्रिक शक्तिमा अत्यधुनिक एयर क्राफ्ट क्यारियर । तेस्रो हो अत्यधुनिक प्रतिरक्षा प्रणालि । चौथो हो शत्रु देशको स्याटेलाईट ट्रयाकिड्ग गर्न सक्ने क्षमता र एन्टी स्याटेलाईट मिसाईल । पॅाचौमा लामो दुरीसम्म मार हान्न सक्ने हाईपर सोनिक मिसाईल । भारत आणविक हतियार र लामो दूरीसम्म मार हान्ने मिसाईल भन्दा बाहेक अरूमा निक्कै पछाडि छ । भारतसॅग अत्यधुनिक फाईटर जेट राफेल जम्मा पॅाच वटा छन् । अरू बॅाकी ३१ वटा फ्रान्सले २/३ बर्षमा आपुर्ति गरिदेला । भारतिया समुद्रको रक्षा आजसम्म रसियाले बनाईदिएको एउटा मात्र पुरानो एयर क्राफ्ट क्यारियरले गरिरहेको छ । अर्को तयार गरि सकेको छैन । अत्यधुनिक प्रतिरक्षा प्रणालि भारतसॅग आजा सम्म छैन । रसिया सॅग एस-४०० प्रतिरक्षा प्रणालि किन्ने सम्झौता गरेको छ तर रसियाले यसलाई आपुर्ति गर्न अझै २/४ बर्ष लगाउॅछ । हाईपर सोनिक मिसाईल भारतले बिकसीत गरिसकेको छैन । भारतसॅग एन्टी सेटेलाईट मिसाईल त छ तर स्याटेलाईट ट्रयाकिड्ग गर्ने प्रविधि विकसित गरेको मेरो जानकारिमा छैन । स्याटेलाईट ट्रयाकिड्ग गर्ने पूर्ण क्षमता अमेरिका र रसिया बाहेक अरू देशसॅग छैन । भएपनि त्यति आधुनिक र प्रभावकारी छैनन् । चीनले विकसित गरेको प्रबिधि कति प्रभावकारी छ त्यसको पूर्ण जानकारी चीनले बाहिर ल्याएको छैन । पनडुब्बि क्षमतामा त भारत धेरै पछाडि नै छ । पनडुब्बि क्षमतामा चीन ,अमेरिका र रसिया भन्दा पनि अगाडि छ ।यदि सामुद्रीक युद्ध भईहाल्यो भने भारत चीन सॅग अमेरिका र रसियाको सहयोग विना दुई/चार दिन पनि टिक्न नसक्ने हालतमा छ । यस्तो सैन्य क्षमता बोकेर भारत आजै चीनसॅग लड्छ भनि बहस गर्नु अर्को पटमूर्खता र समयको बर्बादी मात्र हो । भारतलाई आफ्नो र चीनको सैन्य क्षमता बारे राम्रो सॅग ज्ञान छ । चीनकै सैन्य क्षमतमाको हारहारीमा पुग्न भारतलाई कम्तिमा अझै सन् २०३० सम्म कुर्नु पर्छ । त्यही पनि हरेक हतियार र प्रबिधि किनेर । पूर्णत आफ्नै प्रबिधिमा उभिन त सन् २०४० सम्म नै कुर्नु पर्ने हुन सक्छ ।

नेपाल सॅगको सम्बन्ध धेरै लामो समय चिसो रहनु भारतको लागी आत्मघाती गोल नै हो ।

यसको अर्थ भारत सैन्य क्षमतामा साह्रै नै कमजोर छ भन्ने चाही होईन । अमेरिका, रसिया र चीनको तुलनमा धेरै पछि छ भन्ने मात्र हो । अहिलेको भारत सन् १९६२ को जस्तो कमजोर र गरिव छैन ।भारत अहिले बिश्वको पॅाचौ ठूलो अर्थतन्त्र भएको देश हो । सन्यै शक्तिको हिसाबले पनि भारत अमेरिका ,रसिया र चीन पछि चौथो नम्वरमा आउॅछ।भारतले पछिल्ला समयमा गरेका केही प्रगति साह्रै लोभलाग्दा पनि छन् । भारतको लागी विडम्वना के भयो भने पाकिस्तान जस्तो आणविक शक्ति सपन्न देश र चीन जस्तो महाशक्ति बन्न लागेको देश सॅग सिमा विबाद छ । त्यसमाथि जम्मु-कास्मिरको आतांकवादी समस्या झन् झन् पेचिलो बन्दै गएको छ । यसले गर्दा चाहेर वा नचाहेर भारतले आफ्नो सैन्य क्षमता नबढाई सुखै छैन । छिमेकी मुलुक सॅग यसरी सिमा विवाद हुनु र रक्षा क्षेत्रमा ठूलो बजेट खर्च गर्नु पर्ने भारतको लागी बाध्यता र विबशता दुवै छ ।यी यावत समस्याले गर्दा भारतलाई सजिलो कतै बाट छैन । हातहतियार र सैन्य प्रबिधिमा आत्मनिर्भर हुन नसक्नु भारतको सबै भन्दा ठूलो कमजोरी हो । यही कारण भारतले हरेक ठाऊॅमा ठक्कर खाईरहेको छ । अहिले चीन कोरोना महामारीबाट कसरी यति छिट्टै बाहिर आयो र आफ्नो पुरानै लयमा फर्कियो । कोरोनाले गर्दा भारतको अवस्था के छ ? यस बिषयमा पनि थप बहस गर्न जरुरी छैन । कोरोनाको कारणले गर्दा भारतीय अर्थतन्त्र नराम्रो सॅग खुम्चने निश्चित छ । अर्थतन्त्र खुम्चिए पछि सैन्य क्षमता र चरिफुरी पनि हरेक देशका आफसेआफ खुम्चन्छन् । यी विबिध कारणले गर्दा भारतले नेपाललाई अहिले चाहेर पनि पेल्न सक्दैन । नेपाल आफ्नो अडानमा अडिक भएर सबै अस्त्र प्रयोग गरेर बार्तामा बस्ने हो भने भारतलाई पेल्न सक्ने समय यहि हो । भोली यस्तो परिस्थिति नबन्न र नरहन पनि सक्छ ।

नयॅा पाठ्यक्रममा लिपुलेक , कालापानी सहितको नक्सा किन राख्न दिईएन ? यस भित्रको रहस्य प्राविधिक कारण मात्र होईन । एकाएक कोरोना महामारीको समयमा भारतिया सेना अध्यक्षको नेपाल भ्रमण किन र कसरी तय भयो ? सो बिषय यस जोडिएको छ । दोस्रो नयॅा मन्त्री मण्डलको नाटक रचेर उप तथा रक्षा मन्त्री ईश्वर पोख्रेललाई रक्षामन्त्री बाट किन पदच्युत गराईयो ? यहॅा बाघ कराउनु र बाख्रो हराउनुको तादम्य निक्कै मिलेको देखिन्छ । पछिल्लो समय ईश्वर पोख्रेलले धेरै बदनामी त कमाए , नेपाली सेनालाई पटक पटक विबादमा तान्ने काम पनि गरे । यतिमात्र कारणले उनी रक्षामन्त्री बाट पदच्युत हुनु परेको होईन । प्रधानमन्त्री केपी ओली कूर्सी जोगाउन भारतसॅग मिलेर जुन खिचडी पकाउन खोज्दै छ ? त्यसैको नतिजा हो यो । यस बिषयमा सत्य तथ्य बाहिर ल्याउन जरुरी छ । अन्यथा सुगौली सन्धि जस्तै देशको लागी घात हुन सक्छ । अव अर्को पेचिलो बिषय के छ भने नेपाल र नेपाली सेनाले अव सॅधैको लागी यो मानार्थ परम्परा हटाउने हो वा सबन्ध सुधारको नाममा जीवितै राख्ने हो ? यस विषयमा थप वहस र अध्ययन गर्न जरुरी छ । यो एउटा सार्वभौसपन्न देशको लागी यो निक्कै चोटिलो र नसुहाऊने बिषय बस्तु पनि हो । एकातिर हाम्रो परराष्ट्रनीति पञ्चशीलको सिद्धान्तबाट निर्देशित छ भन्ने अर्कोतिर आफ्ना नागरिकलाई अर्को देशको सेनामा भर्ती गराएर छिमेकी विरुद्द सॅधै ओराल्नु कहिले सम्म पाच्य हुन सक्ला ? भारतलाई त यसबाट सॅधै फाईदै फाईदा छ । भारत यस बाट पछी हट्न कदापी चाहॅदैन तर नेपालले आगामी दिनमा के गर्ने स्पष्ट कार्यदिशा र छलफल हुन जरुरी छ ।

अन्यथा सुगौली सन्धि जस्तै देशको लागी घात हुन सक्छ ।

जुन देशले सयौ ठाउॅमा देशको सिमा मिचेक छ । जुन देशको सेनापतिले पटक पकट आफ्नो देशको सार्वभौसत्ताको विरुद्द धम्किको भाषा प्रयोग गरिरहेको छ भने त्यो सेना अध्यक्षलाई नेपाली सेनाले कसरी सम्मान अर्पण गर्ला ? नेपाली सेना कसरी सम्मान अर्पण गर्न तयार होला ? सिमा समस्या समधान नगरि तिमी हाम्रो देश नआऊ भन्न सरकार र सेनाले किन सक्दैन ? नेपाली जनताको रगत र पसिनाले पालिएको सेनाले यति गर्न सक्ला ? राष्ट्रियता ,भौगोलिक अखण्डता र देशको सार्वभौसत्ताको पक्षमा यस्ता गम्भिर प्रश्नहरू देशमा आगामी दिनमा उठ्नु स्वाभाविक हो र अव उठछन् नै । विडम्वना नेपाली सेना र नेपाल सरकार आम जनतालाई यी यावद प्रश्नहरूको जवाफ दिन सक्ने कुनै तयारी र हैसियतमा छैनन् । खालि पाऊ पर्नु ,सत्ता र कूर्सी टिकाउनु भन्दा अर्को कुनै लक्ष्य न त सरकार सॅग छ न त सेनाको नेतृत्व सॅग नै । सेनाले पृथ्वीनारायण शाहको फोटमा माला चढाउॅदैमा राष्ट्रीयता जग अव बलियो हॅुदैन । यो कुरा नेपाली सेनाले पनि राम्रो सॅग बुझ्न र मनन् गर्न जरुरी छ । राष्ट्रीयता बलियो हुन हरेक ठाऊॅमा सबै जातजाति भाषाभाषिको आफ्नो योग्यता र क्षमता अनुसार विनाभेदभाव सहभागीता हुन र अवसर पाउन जरुरी छ । बदलिदो परिस्थिति अनुसार आफ्नो देश र भौगोलिक अखण्डता जोगाऊन सेना पनि तयार हुनु पर्ने होईन र ? यो राजनीति बिषय बस्तु भन्दै पटक पटक नेपाली सेना यसरी भुमिका विहिन बनेर पन्छन मिल्दैन । नेपाली सेनाले पनि नेपाली जनतालाई यसको उत्तर दिन जरुरी छ । सेना पनि जवाफदेयि बन्नु पर्छ अव । आम नेपाली जनताले नबुझेको कुरा ,भारतीय सेना अध्यक्षलाई सलामी चढाउॅदैमा लिपुलेक ,कालापानी सहित अरू मिचिएका र भारतले अधिक्रमण गरेका भू-भाग भारतले नेपाललाई फिर्ता देला ? वा यो २४० बर्ष देखी धानिआएको परम्पराको निरन्ततरता भन्दा बाहेक केही होईन् ।

विकास थापा,पेन्सलभेनिया,अमेरिका

प्रतिक्रिया