मंगलबार, मंसिर ९ २०७७
काठमाडौं २०:४०
वासिङटन डिसी 09:55

कोरोना संक्रमित बिरामीसंग अग्रपंक्तिमा काम गर्ने बिनाखड्कालामा तथा उनका श्रीमान चन्द्रलामा कोरोनाबाट संक्रमित

विजय थापा २०७७ कार्तिक ४ गते २३:५६ मा प्रकाशित

डिसी । कोरोना संक्रमित बिरामीसंग अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य परिचारिका बिनाखड्कालामा तथा उनका पति चन्द्रलामा कोरोनाबाट संक्रमित भएका छन । उक्त दम्पतिले कोभिड-१९ बाट संक्रमित भएको जानकारी सामाजिक संजाल मार्फत गराएका छन ।

गत अक्टोबर १९ सोमबारका दिन बिहान १० बजेर २२ मिनेटमा उक्त जानकारी गराएका हुन् । लामो कुराहरु केही नलेखी छोटो शब्दहरु प्रयोग गर्दै हामीलाई पनि छोडेन कोभिड भन्नेले भन्दै फेसबुक(अनुहार किताव)मा संक्रमित भएको प्रकाशित गरेका छन।

साथै केही छैन हामीहरु शक्तिशाली छौ भनि आफ्ना कुराहरु टुंग्याएका छन । दम्पतीले उक्त सूचना हाल्ने बित्तिकै समुदाय,आफन्त ,साथीभाई सवै आश्चर्यमा परेका छन् ।

गत सोमबार संक्रमित भएको जनाएता पनि गत शनिबार सांझ देखि केही लक्षण सुरु भएको दम्पतीले बताए। खोकी,घाटी दुख्ने,स्वास फेर्न अलिक गाह्रो जस्तो र हल्का कमजोरीको अनुभूति भएको बिनालामा खड्काले बताइन ।

दम्पती संक्रमित भए पछि दुई छोरी मध्ये एक साथीको घरमा पठाईएको छ भने सानी छोरी घरमै एकल रुपमा आफ्नो कोठामा रहेकी छिन । र ,छोरीहरुलाई कुनै लक्षण नभएको बिनालामाखड्काले बताइन ।

थाहा पाउने सबैले शीघ्रलाभको कामना गरि फटाफट सन्देश दिनेहरुको ओइरो लागेको छ र क्रम जारी छ ।

स्मरण रहोस ,बिनालामा खड्का स्वयम आरएन(नर्स)-स्वास्थ्य परिचारिका हुन् । भर्जिनियाको रेस्टन हस्पिटल सेन्टरमा(अस्पताल)मा कार्यरत छिन भने उनी अग्रपंक्तिमा कोरोना संक्रमित बिरामीहरुलाई सेवा पुर्याउदै आई रहेकी छिन् ।

उनि स्वयम् सामाजिक दूरी र मुखावरण(मास्क)लगाउन र सवै सुरक्षाको उपाय अपनाउन समुदायलाई सदैव उत्प्रेरित गर्ने स्वयम संक्रमित भएकी छिन । उनले कैयौ अन्तर्वाता दिदै सिडीसीको मार्गदर्शनलाई अपनाउन र अन्य सतर्कता लिन बारम्बार सबैलाई हौशला दिदै आएकी छिन । बिना खडकालामा सामाजिक अभियन्ता पनि हुन् भने भर्जिनियाको सेन्टरभिलमा रहेको नेपाली पाठशाला सेन्टरभिलकि संस्थापक र संचालक पनि हुन् ।

बिना पूर्व उशु खेलाडी हुन् भने नेपालको प्रतिनिधित्व गर्दै सार्कखेलमा उशु खेलकी स्वर्ण पदक बिजेता पनि हुन् ।

दम्पती १४ दिन सम्म एकान्तवास(आइसोलेसन)मा बस्ने छन् ।

यसै गरि चन्द्रलामा एक सामाजिक अभियन्ताको साथै पूर्व राष्ट्रिय उशु खेलाडी तथा प्रशिक्षक पनि हुन् । बिशेष गरि अमेरिकामा हुने कुनै पनि भकुण्डो खेलको लागि जताततै समन्वय गर्दछन ।

उनि संक्रमित हुनु अगाडी सम्म नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)दशैँ कप २०२० भकुण्डो प्रतियोगितामा अहोरात्र खटिई रहेको समयमा उनि संक्रमित भएका हुन् ।

दुवै दम्पतीको जन सम्पर्क अत्यन्तै प्रगाढ छ ।

शीघ्र स्वास्थ्य लाभको कामना -ईनेप्लिज परिवार

प्रतिक्रिया