आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०३:५२
वासिङटन डिसी 17:07

गोमा न्यौपानेको एउटा यस्तो पुल बनोस, भिडियो गीत सार्वजनिक

इनेप्लिज २०७७ कार्तिक ४ गते ११:०० मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्दै आउनु भएकी गीतकार तथा कवि गोमा न्यौपानेको शव्दको ‘एउटा यस्तो पुल बनोस’ भिडियो गीत सार्वजनिक भएको छ। गोमा न्यौपाने डिसी मेट्रो परिवारसंग आवद्व हुनु हुन्छ।

‘एउटा यस्तो पुल बनोस’ गीतमा नारायण थापाले सुमधुर स्वर दिनु भएको छ भने दिपकराज विश्वकर्माले संगीत भर्नु भएको छ।गीतलाई मनिष विश्वकर्माले एरेन्ज गर्नु भएको छ।

नया नया न्यूज नेपाल नामक युट्युव च्यानलमा सार्वजनिक भिडियो गीतमा दिलिप रायमाझी, प्रकाश सपुत र शिशिर भन्डारीले अभिनय गर्नु भएको छ।

युट्युवको तलको लिंक थिचेर उक्त भिडियो गीत हेर्न र सुन्न सकिने छ।

प्रतिक्रिया