बुधबार, मंसिर १० २०७७
काठमाडौं १४:३५
वासिङटन डिसी 03:50

ट्रम्प र बाइडेन बीच हुने अन्तिम बहसमा ध्वनिवर्धकलाई निःशब्द गराउने

इनेप्लिज २०७७ कार्तिक ४ गते १०:५३ मा प्रकाशित

आगामी बिहिबार हुने अमेरिकी राष्ट्रपतिको बहसमा ध्वनिवर्धकलाई निःशब्द (माइक म्युट )गराउने निर्णय गरेको छ ।

रास्ट्रपतिका उम्मेदवार बीच बिगतमा धेरै पटक आयोजना हुने बहस अर्थात् मुखामुख कार्यक्रम महामारीको कारण न्युनतम भै रहेको अवस्थामा प्रथम बहसमा बीच मै राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनलाई अवरोध गरे पछि उक्त निर्णय गरेको हो ।

साथै ट्रम्पलाई कार्यक्रम संचालकले पनि नियन्त्रण गर्न सकेका थिएनन । पटक पटक कार्यक्रम प्रस्तोताले राष्ट्रपतिलाई तपाईको पालो आउछ भनि रहेका थिए ।

राष्ट्रपति बहस आयोगले सोमबार उक्त नियम घोषणा गरे पछि ट्रम्प चुनाव अभियानबाट प्रतिक्रिया दिएका छन। सोमबार दिउँसो आयोगले बहस ढाँचामा सम्भावित नियममा परिवर्तन सम्बन्धी छलफल गर्न निर्णय गरिसकेपछि यो निर्णय आएको हो। “म भाग लिनेछु। मलाई लाग्छ कि यो एकदम अन्याय हो,” ट्रम्पले सोमबार परिवर्तनको बारेमा पत्रकारले सोधे पछि उक्त कुराको जवाफ दिएका हुन् ।

आयोगका नजिकका एक स्रोतले सीएनएनलाई माइक्रोफोन म्यूट(ध्वनिवर्धकलाई निःशब्द) गर्ने निर्णयलाई यसका सदस्यहरूले सर्वसम्मतिले जोड दिए र “यो नियममा परिवर्तन होइन बरु दुवै अभियानले सहमति जनाएको नियमहरूको पालनालाई बढावा दिने कदम हो।”

तैपनि, यो परिवर्तनले ट्रम्प अभियानका सञ्चार निर्देशकले कडा आलोचना गरे । उनले प्रमाण बिना नै आयोगको निर्णय “उनीहरूको पक्षधर उम्मेदवारलाई फाइदा पुर्‍याउने प्रयास” गरेको आरोप लगाए ।

श्रोत :सिएनएन

प्रतिक्रिया