आइतबार, साउन १० २०७८
काठमाडौं ०५:१०
वासिङटन डिसी 19:25

अमेरिकामा एकैदिनमा कोरोना संक्रमित हुनेको संख्या ५८ हजार, मृत्यु हुनेको संख्या ४४५

इनेप्लिज २०७७ कार्तिक ४ गते १०:३१ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५८ हजार ३ सय ८७ पुगेको छ । यसै गरि कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ४ सय ४५ पुगेको जोन्स हप्किन्स बिश्व बिद्यालयले जनाएको छ ।

उक्त तथ्यांक गत सोमबार अक्टोबर १९ का दिन २४ घण्टामा लिइएको हो ।

गात आइतबार अक्टोबर ८ का दिन कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ हजार २ सय १० पुगेको थियो भने कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३ सय ८८ पुगेको जोन्स हप्किन्स बिश्व बिद्यालयले जनाएको थियो ।

आइतबार भन्दा सोमबार संक्रमित र मृत्यु हुने संख्यामा पुन :वृद्धि भएको छ ।

अमेरिकामा हाल सम्म २ लाख २४ हजार ३ सय ४९ को मृत्यु भएको छ भने ८३ लाख ६४ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३४ लाख ४९ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया