आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:३०
वासिङटन डिसी 17:45

मेरिल्याण्डमा प्रहरीले मानव हत्याको प्रयास गर्ने दुई संदिग्धलाई पछ्याई गोली हान्दा एकको निधन,अर्का संदिग्ध हिरासतमा

इनेप्लिज २०७७ कार्तिक ४ गते २:१८ मा प्रकाशित

मेरिल्याण्डमा प्रहरीले मानव हत्याको प्रयास गर्ने दुई संदिग्धलाई पछ्याई गोली हान्दा एकको निधन भएको छ भने अर्का संदिग्धलाई हिरासतमा लिइएको छ । प्रहरीहरुले उक्त दुई संदिग्धहरुलाई पेनसेलभेनियाबाट पछ्याउदै आखिर मेरिल्याण्ड राज्यको फ्रेडेरिक काउन्टीमा आएर अन्त्य भएको थियो ।

सोमबार मेरिल्याण्डको राजमार्ग १५ को इमिट्सबर्गमा करिव २:३० बजे प्रवेस गरि उत्तर पुगेका थिए । उनीहरुको सवारी साधनलाई प्रहरीले रोक्ने प्रयास गर गाडी दुर्घटना भएको थियो ।

प्रहरीहरुलाई पछ्याउदा गोली हानिएको थियो भने जवाफमा प्रहरीहरुले पनि गोली चलाउनु परेको थियो । दोश्रो संदिग्धलाई प्रहरीले गोली हानेका थिए भने उनको अस्पतालमा निधन भएको थियो ।

उनीहरुलाई समाउन फ्रेडेरिक काउन्टी शेरिफ,मेरिल्याण्ड राज्य प्रहरी,पेनसेलभेनिया राज्य प्रहरी तथा पेंसेलभेनिया कै न्यु कम्बरल्याण्ड नगर-क्षेत्रका प्रहरीहरु आएका थिए ।

४ मध्ये कसले गोली हानेको भन्ने बारेमा स्पष्ट नभएको प्रहरीले जनाए ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया