आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:२८
वासिङटन डिसी 17:43

मेरिल्याण्डको सुलभ पसलमा गोली हानी महिलाको हत्या गर्ने संदिग्ध जर्जियामा पक्राउ

इनेप्लिज २०७७ कार्तिक ४ गते १:४५ मा प्रकाशित

मेरिल्याण्डको सुलभ पसल सेभेन इलेभेनमा गोली हानी महिलाको हत्या गर्ने एक संदिग्धलाई जर्जियामा पक्राउ गरिएको छ । मेरिल्याण्ड राज्यको वालडोर्फ़मा उक्त घटना घटेको थियो भने उनको व्यापक खोजी गरिएको थियो ।

यही महिना मै मेरिल्याण्ड को चार्ल्स काउन्टीको सेभेन-ईलेभेनका महिला कर्मचारीलाई गोली हानी प्राण लिएका थिए । चार्ल्स काउन्टीका शेरिफले सोमबार वालडोर्फ़कै २२ बर्षिय ग्रिगोरी डिशन कोलिंसलाई जर्जियाका युएस मार्शलले पक्राउ गरेको जानकारी गराए ।

कोलिंसआई जर्जियाबाट मेरिल्याण्ड सुपुर्दगी गरिने छ । उनले अक्टोबर १ का दिन ४९ बर्षिय लिन म्यारी महरलाई मिडलटाउन स्थित इन्धन चौकीमा डकैत सहित हत्या गरेका थिए ।

प्रहरीका अनुसार उक्त व्यक्तिले महिला संग पैसा मागेर गोली हानी हत्या गरेका थिए ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया