प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गए : मन्त्री घिमिरे

इनेप्लिज २०७७ कार्तिक ३ गते २२:३२ मा प्रकाशित

विराटनगर,३ कात्तिक।प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको बताउनुभएको छ।

सामाजिक विकास मन्त्रालयद्धारा आज आयोजित नेपाली भाषा चुनौति र समाधान विषयक अनलाईन कार्यक्रममा उहाँले नेपाली शब्दावली लोप लागेकोमा चिन्ता व्यक्त गर्नुभयो।

मन्त्री घिमिरेले प्रविधिका र विश्वव्यापीकरणका कारण भाषिक चुनौति थपिएको बताउदै कतिपय शब्दलाई स्वीकारर्नु पर्ने अवस्था रहेको औल्याउनु भयो।

उहाँले अंग्रेजीबाट सिकेको कुरा मात्र सहि हुन्छ भन्ने मान्यतालाई बदल्नुपर्नेमा जोड दिदै नेपाली भाषाबाट काम गर्न सक्ने क्षेत्रहरुको पहिचान गरेर सच्याउन ध्यान दिनुपर्ने आवश्यक्ता औल्याउनु भयो।

प्रा.डा. टंकप्रसाद न्यौपाने र डा. रमेश घिमिरेले नेपाली भाषा : चुनौति र समाधान विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने त्यसमाथि स्वदेश तथा विदेशमा रहेका नेपाली भाषाका विज्ञहरुले टिप्पणी गर्नु भएको थियो।

प्रतिक्रिया