यसपालीको दसैँ

सुशील नेपाल २०७७ कार्तिक ३ गते २२:०९ मा प्रकाशित

यसपालीको दसैँमा
लाखौं लाख वोल्न नसक्ने,
पशु -पंक्षीहरूले
अलिकति भए पनि
आमहत्याको विभत्सताबाट उन्मुक्ति पाउलान्,
अक्षताका राता दानाहरूले
आफन्तको बाटो हेरेर हाई काढ्नु परोईन,
विटाका विटा नयाँ नोटहरू राष्ट्र वैकको ढुकुटीमा ,
महिनावारी वारेकी छोरीझैं,
कौतुहलता विहीन,दशैको उराठलाग्दो धुन सुन्दै होलान् ।

मुग्लान गएको छोरो भएभरको कमाई वोर्डरमा बुझाएर,
आखाँबाट झरेको आँशु घुटुक्क पिउने होला,
न्यायाधिशहरूले घूँडा टेकेर टीका थाप्नु नपरेकोमा
घर भित्रै थाल ठटाएर नाच्ने होलान्,
जमराहरू लोलाऊने होलान्,
दक्षिणा दिनु नपर्दाको आनन्द,
ज्वाईको गन्हाएको मोजामा,
यो नाक नजोत्नु पर्ने होला,
भरखर १९ की भई कोरोना,
मस्तले नाच्दै वाहिरैवाट जाओस बरू,
आघौ मनाउंला दसैँ,
यसपाली किचकन्यैबाट वाँचौं,
न लोलाऔं,नटोलाऔं,
मन भित्रै आआफ्नलाई आशिर्वाद दिऔं

१०.१९.२०
माल्डेन, (बोस्टन),अमेरीका
राजमित्र प्रांगण।

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया