प्रहरी सहायक नीरिक्षकको हत्यारा माथी कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन

इनेप्लिज २०७७ कार्तिक ३ गते २१:५० मा प्रकाशित

वीरेन्द्र रावल

धनगढी, कार्तिक ३ : साथी भाई आफन्त र एउटा असल प्रहरी राष्ट्र सेवक मारिदा सडकमा पिडाआक्रोस् दुवै मिश्रित सहभागिहरुको ठूलो सूमहले हत्याराको खोजी र पिडित परिवारलाई न्यायको माग गर्दै सोमबार धनगढीमा प्रदर्शन गरे।
गरिव अनि दलित परिवारमा जन्मे र राष्ट्र रक्षा अनि घरपरिवारको जोहोको लागि प्रहरीमा जागरि खाएका आफन्त कार्य क्षेत्रमा खटिएका बेला अनाहकमा मारिदा स्वस्फूर्त रुपले सयौंको संख्यमा मानिसहरु कञ्चनपुर देखि कैलालीका बिभिन्न स्थान बाट धनगढी पुगे।धनगढी चौराहाबाट न्यायको पक्षमा पिडित परिवारलाई आवश्यक क्षतिपूर्ति र सहायक निरिक्षक गोविन्द बिकको हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ।

धनगढी चौराहबाट शुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय कैलालीको प्रवेशद्धारमा पुगेर धर्नामा परिणत भएको थियो । गस्तीमा गएका बेला वेपत्ता भएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक बिक आईतबार बिहान मृत अवस्थामा मोहना नदीमा भेटिएका थिए।
बिकको हत्या गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, परिवारको भरण पोषणको जिम्मा सरकारले लिनुपर्ने जस्ता माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।

परिवारका सदस्य देखि आफन्त अनि गाउँलेहरुले तत्काल कडा भन्दा कारवाही नभए सम्म चरणबद्ध आन्दोलनको थालनी गरिने पनि चेतावनी दिएका छन्। सुरक्षा निकायका व्यक्तिहरुले नै असुरछ्या व्यहोर्नु परिरहेको अवस्थामा आम सर्वसाधारणको अवस्था झनै कसरी सुरक्षित हुन सक्छ भन्दै आम नागरिकहरुले प्रहरी सहायक निरीक्षकको हत्यामा संलग्न माथी तत्काल कारवाही हुनु पर्ने माग अगाडी सारेका छन्।प्रहरी सहायक नीरिक्षक बिकको घाँटी र गर्धन रेटिएको थियो भने उनिसँगै गस्तीमा निस्किएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै पत्ता लाग्न सकेको छैन।साउँदको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
कैलालीको फुलवारी देखि पिश्चम जुगेडा देखि पूर्व मोहना किनारको क्षेत्रमा बिगत लामो समय देखि अपराधिक क्रियाकलापहरु हुँदै आएको भएता पनि अपराधिक समूहलाई हदै सम्मको कारवाही गर्ने दिसामा प्रहरी प्रशासन असफल देखिएकाले पनि अपराधिक क्रियाकलापहरु बढ्दै जान थालेको स्थानीयको गुनासो रहेको छ ।भारतीय क्षेत्र संग सीमा नाका जोडिएको सो क्षेत्रमा अवैध कारोवार गर्ने मानिसहरु भारतीय नागरिक संग पनि नातागोता जोडिउका कारण अपराधिक क्रियाकलापमा उनिहरुको बलियो संलग्नता रहेको हुन सक्ने पनि बिज्ञहरुको भनाई रहेको छ।

प्रतिक्रिया