बुधबार, मंसिर १० २०७७
काठमाडौं १४:१७
वासिङटन डिसी 03:32

नेपालमा एकैदिनमा ३,७९० जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ कार्तिक ३ गते ११:०९ मा प्रकाशित

नेपालमा एकैदिनमा ३ हजार ७ सय ९० जना कोरोनाबाट संक्रमित भएका छन् । र ,हाल सम्म अधिराज्यभर संक्रमितको संख्या ४० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार सम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

प्रवक्ता डा गौतमले सक्रिय संक्रमित मध्ये १३ हजार ८ सय ५१ जना संस्थागत एकान्तवास (आइसोलेशन)र २६ हजार ९ सय २७ गृह एकान्तवास (होम आइसोलेशन)मा रहेको सोमबारको नियमित पत्रकारहरुलाई बिवरण दिने क्रममा उक्त जानकारी दिए ।

यसै गरि २४ घण्टामा ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।

निको हुनेको कुल संख्या ९४ हजार ५ सय १ पुगेको गौतमले बताए ।

प्रतिक्रिया