बुधबार, मंसिर १० २०७७
काठमाडौं १४:१२
वासिङटन डिसी 03:27

भर्जिनियामा हराई रहेकी एकल डुंगा चलाउने महिलाको शव फेला

इनेप्लिज २०७७ कार्तिक ३ गते ११:०० मा प्रकाशित

भर्जिनियामा हराई रहेकी एकल डुंगा चलाउने महिलाको शव फेला लाउडन काउन्टीमा फेला परेको प्रहरीले जनाएका छन । प्रहरीका अनुसार केही दिन देखि उक्त महिला हराई रहेकोले सम्भवत उनि हुन् सक्ने प्रहरीले विश्वास गरेका छन् । यस बिषयमा अनुसन्धान भै रहेको छ ।

गत आइतबार भर्जिनियाको आश्बर्न शहर स्थित बेभरडम रिजरभोएरमा उनको शव फेला परेको लाउडन काउन्टी शेरिफ(प्रहरी)अधिकारीले जनाएका छन ।  ३८ बर्षिय उक्त महिला गत अक्टोबर १५ का दिन फेयरफ्याक्स काउन्टीबाट उक्त पोखरीमा गएकी थिइन् । त्यस पछि उनलाई कतै देखिएको थिएन ।

उनको खोजी गर्न लाउडन काउन्टी अग्नि नियन्त्रण तथा उद्धार टोली,उदग्रविमान(हेलीकप्टर) फेयरफ्याक्स काउन्टीका प्रहरी विभाग टोलिका के९ टोली समेतले खोज गरेका थिए ।

अझ सम्म पनि प्रहरीले उनै हुन् भनेर पहिचान गरि सकेको छैन भनी जनाएका छन् ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया