शनिबार, मंसिर २० २०७७
काठमाडौं १९:५३
वासिङटन डिसी 09:08

अमेरिकामा एकैदिनमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार, ३८८ जनाको मृत्यु

बिश्वभर संक्रमित हुनेको संख्या ४ करोड नाघ्यो

इनेप्लिज २०७७ कार्तिक ३ गते १०:४० मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ हजार २ सय १० पुगेको छ । यसै गरि कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३ सय ८८ पुगेको जोन्स हप्किन्स बिश्व बिद्यालयले जनाएको छ ।

उक्त तथ्यांक गत आइतबार अक्टोबर १८ का दिन २४ घण्टामा लिइएको हो ।

गत शनिबार अक्टोबर १७ का दिन कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ हजार ७ सय ७४ पुगेको थियो भने यसै गरि कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ६ सय ७९ पुगेको न्यू योर्क टाइम्सले जनाएको थियो । शनिबारको तुलनामा आइतबार संक्रमित र मृत्यु हुनेको संख्यमा कमि आएको छ ।

जोन्स हप्किन्स बिश्व बिद्यालयका अनुसार बिश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड(४० मिलियन) नाघेको जनाएको छ । बिश्व भर ११ लाख मानिसको ज्यान गै सकेको जनाएको छ ।

अमेरिकामा हाल सम्म २ लाख २३ हजार ९ सय २० को मृत्यु भएको छ भने ८३ लाख ११ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३४ लाख २५ हजार निको भै सकेका छन्

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया