गायक सुमित खड्का दशैं गीत सार्वजनिक(भिडियोसहित)

इनेप्लिज २०७७ कार्तिक ३ गते ९:५७ मा प्रकाशित

विराटनगर : राष्ट्रिय गायकको छविन बनाएका सुमित खड्काले नेपालीहरूको महान पर्व बडा दशैं तथा तिहार लाई लक्षित गरी दशै तिहार यसपालीकों गीत सार्वजनिक गरेका छन् । खड्कालेदशै तिहार यसपालीकों गीत सार्वजनिक गरेका हुन् ।

विराटनगरका घर भएका खड्काले प्रत्येक वर्ष दशैं गीत बजारमा ल्याउँदै आएका छन् । यस वर्षको दशैंलाई लक्षित गरि सार्वजनिक गरेको गीतकोे संगीत र स्वर खड्का आफैको रहेको छ भने दिप नारायण राजवंशीको शब्द रहेको छ ।

न्युज मिडियाको युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । यसको भिडियोमा आयुष घले मगर ,नुरज ठकुरी (प्रवेश) राम ग्याबा लामा ,रोनित त्यवाना (रक्की) सिद्धार्थ रिमाल ,सपना घले मगरलगायतले अभिनय गरेका छन् । आयुष घलेको छायाँकन तथा सम्पादन र निर्देशन भिडियोमा रहेको छ ।

दशै तिहार यसपालीकों गीतको पुरा भिडियो. हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया