शुक्रबार, साउन १५ २०७८
काठमाडौं १७:०४
वासिङटन डिसी 07:19

न्यूयोर्कको क्विन्समा अवैध भोजको आयोजना गर्ने ४ जनालाई अपराधिक मुद्धा लगाइने

बिना अनुमति पत्र मदिरा बेचबिखन सहित कारवाहीमा पर्ने

इनेप्लिज २०७७ कार्तिक ३ गते ०:४३ मा प्रकाशित

बिश्व कै सम्राट राज्य न्यूयोर्कको क्विन्समा अवैध भोजको आयोजना गर्ने ४ जनालाई अपराधिक मुद्धा लगाइने भएको छ । क्विन्स शहरमा आयोजना गरेको भोजमा २ सय १५ जना भन्दा ज्यादा सहभागीहरु उपस्थिति रहेको प्रहरीले जनाएका छन । गत शनिबार अक्टोबर १७ का दिन उक्त भोजको आयोजना गरिएको थियो ।

यसको साथै भोजको आयोजना गर्ने संग मदिरा बेच्ने अनुमति पत्र नभएको ,अवैध मादक पदार्थ भण्डारण र बिक्रि गरेका जस्ता ४ वटा आकस्मिक आदेशहरुको उल्लघन गरेको प्रहरीले आइतबार बताएका छन ।

त्यति मात्र नभई स्वास्थ्यमा खेलवाड र महामारीमा कोरोना फैलाउन समेत जोखिम भएकोले राज्यका नियम पालन उल्लङ्घन गरेको प्रहरीले उल्लेख गरेका छन् । प्रहरीले यसै शिलशिलामा क्विन्स लक्स बन्क्वेट हलले आकस्मिक आदेशलाई उल्लङ्घन गरेकोमा संचालक र अन्य २ कर्मचारीलाई अदालतमा बोलाईएको छ ।

स्मरण रहोस ,न्यूयोर्कका गभर्नर एन्ड्रयु कुमोले गत बुधबार लङ्ग आइल्याण्डमा गत जुलाईमा च्यारिटी कन्सर्ट( परोपकारी कार्यक्रम)मा गर्दा स्वास्थ्य सम्बन्धि राज्यले दिएका आदेश र निर्देशन समेत उल्लङ्घन गरेकोमा २० हजार डलर जरिवाना गराएका थिए ।

श्रोत :एनबिसीन्युज/न्यूयोर्क

प्रतिक्रिया