बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०६:२१
वासिङटन डिसी 19:36

लघुकथा : “दृष्टि भ्रम”

दीपक पन्त २०७७ कार्तिक २ गते २०:१६ मा प्रकाशित

बिगत केहि बर्ष देखि ऊ थलिएको थियो । समयले डोर्याएको यात्रामा हिड्दा, हिड्दा ऊ निक्कैथाकि सकेको थियो | खुलेर हास्न त,उसले धेरै पहिले नै छोडी सक्यो । बिगत केहि समय देखि मुस्काउने आट पनि गर्न छोड्यो | समयको आँधीले ऊ यसरी बजारियो कि भौतिक रुपले उसको शरीर अर्ध नभए नि,मानसिक रुपमा ऊ नराम्ररी थलि सकेको थियो ।

थलित शरीर ,स्खलित मन उठाउन ,उसले पटक /पटक प्रयत्न नगरेको पक्कै होइन । तर समयकहिल्यै उसको पक्षमा रहेन ।सधै ऊ र उसको जिन्दगीसँग मजाक गरि रह्यो ।

जीवनको चार दशक यात्रा पार गरि सक्दा ,यात्रामा हजारौ हातहरू उसको शिथिलता माथि मजाक गर्दै अघि बढे होलान । त्यसमा तेसमा उसले कोही /कसै प्रति कटाक्ष गरेन । समयले दिएको उपहार सम्झेर चित्त बुझायो ।

केहि बर्ष अगाडि कोहि मनकारी/ सहयोगी हातहरुले उठाउन प्रयत्न गरे तर लामो चिसो थलित शरीरलाई केवल उठाउने प्रयत्न मात्रले जीवन अघि बढेन । उस लाई काधै साथ चाहिएको थियो । जून यात्रारत यात्रिबाट सम्भब भएन । हुने कुरा पनि भएन ।

बिम्ब प्रति बिम्बको खेलमा ऊ अब यसरी एक्लि सकेको थियो कि आफ्नै दर्पण देख्दा समेत डरलागेको आभास महशुस गर्न थालेको थियो । संसार जोड्ने बाचा कसमहरुलाई पछाडी फर्केरहेर्दा केवल कवियत्रीको बाचन मात्र सत्य हो ,जस्तो बुज्ने गर्थ्यो | झन् आशासित यात्रीले एकल यात्रामा कम्मर कसे पछि त् यात्राको मोडमा खुल्ला आकाश बाहेक बिरलै उसका भावनाका सँगीहरुथिए ।

तै पनि जीवनका ऋतु जन्य परिवर्तन सँगै उसको यात्रा सुस्तरी सहि /चल्दै थियो । झरी/बादल/घाम/जाडो /गर्मी सबै मौसमी रङ्गहरुमा जसरि हुरी बतासमा साना खबेटाहरु अनिश्चित गतिमा हुइकिञ्छन । त्यसरी नै हुइकि रहेको थियो ।

समय रुपी मादलमा कहिले ऊ स्वयम् बज्न उद्धेलित हुन्थ्यो त कहिले बजाउनेहरुको भिडमा बजिरहेको हुन्थ्यो । मास बढ्दै जादाँ कहिँ नै कहीबाट ऊ स्वत: बिचमा आइ रहन्थ्यो ।

त्यो साँझ पनि केही बिशेष थियो । मानिसहरुका भिडहरु बड्न थाल्यो । साँझ ढल्दै जाँदा क्षणभरमा नै निम्तालुहरु भरिए । हल खचाखच भयो । आयोजक परिवारहरु मीठो आतिथ्यको होस्टगर्दै व्यस्त थिए । सहभागीहरु स्न्याक्स /ड्रिंकमा आनन्द लिई रहेका थिए ।

हल्का खा पान पछि केहि मनोरन्जनात्मक कोसेलीहरु पस्कि रहेका थिए । भिडको उन्माद बढ्दै गयो । सबै आ- आफ्नो सहपाठी सँग रम्न थाले । आनन्दित हुन् थाले । भिडको रंगात्मक उत्तेजना यति बढ्यो कि उसका कयौ बर्ष देखि कुजिएका पखेटाहरु चल्मलाएको आभास भयो । रंगिन साँझमा केहि रंगिन शब्द /सम्बादहरु भर्न गाडि बढ्यो र माहोल रंगिन बनायो । माइक्रो फोनबाट निस्केको उसको धोद्रो स्वरले पार्टी हल गुन्जायमान भो । प्रेम रुपी तिशब्दहरु थिए ,”तिमि आयौ र पो बहार आयो ”

भित्ताहरुले प्रति ध्वनि दिदै थियो । पुन :एक पटक “तिमि आयौ र पो बहार आयो ” शब्दका छर्राले बारुदरुपी सँयोग जस्तै कान पवित्र बनाई रहेको थियो ।

बिस्तारै रात छिपिदै गएको थियो । बाहिर ताराहरूले जुन लाई गिज्याइ रहे पनि हल भित्रको रंगिनसाँझका बत्तीहरुको चम्काईमा खासै फरक परेको थिएन । तर बिस्तारै बिस्तारै सहभागीका भिडहरु भोलिको नियमित गन्तब्यका लागि बाटो तताई सकेका थिए।

भिड बाहिरिने क्रममा कसैको सुन्दर बोलीले एप्रिसेसन पायो । मन्द मुस्कान सहित सुरिलो मीठो आवाजको प्रसंसा थियो । “तिमि आयौ र पो बहार आयो ,वा ! कति मिठो शब्द छन । तपाईको !” “कवितामा दम छ । राम्रो लाग्यो ।”

बाहिरिने भिड पातलिदै थियो । धेरै पछि कसैले निस्वार्थ गरेको साहित्यिक टिप्पणीलाई कान भरि सुन्यो । पेट भरि खायो । आखाँ भरि हेर्यो । अनि मुटु भरि राख्न के खोज्याथ्यो । आखाँ तिर्मिराए । बिगतका प्रसंशाहरु सम्झियो । साथहरुको हिसाब गर्यो । सिन्दुर देखि धोती सम्मका स्मरण आखाँ अगाडि तिर्मिराए । हतात् भड्किन उल्लेतित मनलाई अंकुस लगायो । अनि आफै आफ्नो प्रस्न को उत्तर निकाल्यो । त्यो त् साहित्यिक टिप्पणी मात्र हो नि ? भ्रमित यात्राको दृष्टि बिहिन “कल्पना” चलमलाउन नपाउदै उसका आँखा खुले ।

देख्दै थियो कल्पना कसैको बाहुमा हि -पपमा उफ्रदै थिइन् “ झुमे झुमे तेरे बाहुमे क्या हे.,,,…???…,,”

दीपक पन्त ,मिल्वाकी,अमेरिका

प्रतिक्रिया