वायुसेवा निगम र नेपाल पर्यटन बोर्ड बिच सम्झौता

इनेप्लिज २०७७ कार्तिक २ गते १८:२९ मा प्रकाशित

काठमाडौं – कार्तिक २ (अक्टोबर १८, २०२०) गतेका दिन नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबिच नेपालको पर्यटन प्रबद्र्धन सम्बन्धमा सहकार्य गर्नेगरी सम्झौता भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबिच यस्तो सम्झौता भयको हो ।

यस सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

नेपाल वायुसेवा निगमले विगतदेखी नै नेपालमा बिदेशी पर्यटकहरु ल्याउनमा अग्रणी भूमिका खेल्दै आएकोमा यी दुई संस्थाबिचको सहकार्यले अझ थप हौसला प्रदान गरेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

प्रतिक्रिया