शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०७:४५
वासिङटन डिसी 22:00

गणेशस्तुति

डा मोहन उपाध्याय ढकाल ,सातदोबाटो,काठमाडौँ २०७७ कार्तिक २ गते १७:५६ मा प्रकाशित

गणनाथअनाथकागति,
दुस्ख विघ्न हटाइ सम्मति ।
सकलमानवमा हटोस् भय,
प्रभु हरेम्ब रहोस् सधै जय ।। १
जनमानसमा कुरीतिको,
भ्रमजाल हटी सुनीतिको ।
उदयहोस् अवसन्तवसन्तवत्,
युगचतुर्युग माथिराखी सत् ।। २
मनुुसन्तति आज होसमा,
न रही मनराखी जोशमा ।
किन मानवताप्रति मन,
कमी बन्छ यहाँ प्रतिक्षण ।।३
कसरी अवदेश चंम्कने,
प्रगतिपथतर्फ लम्कने ।
जनताका सुखको बनोस् थलो,
तलमाथि नपरि गरोस् भलोे ।।४
सही एकपदी यहाँ रहोस्,
नरमा सुखको सुधा बहोस् ।
शुभ समेलनमा रहुन् जन,
कहिल्यै धमिलो नहोस् मन ।।५
पिम्बामादल ढोलगोलमा,
न रहोस् विघ्नअनर्थ बोलमा ।
सव एक भएर हाँसने,
कसिलो तन्तु बनोस् न नाशने ।।६
मनबाट हटोस् कटुपन,
अतिनिर्मल होस् मिलोस् मन ।
मनुसन्तति एक भइकन,
रहंदा कोहि हुदैन निर्धन ।।७

सूर्यस्तुति 

हे अहस्पति हेदि वामणिप्रभू त्रैलोक्यका नायक ,
माँसी अन्धकशत्रुलाई सजिलै सन्मार्गका दायक ।
द्यावाभूमि बनाइ उज्वल सदा रक्षा सवैको गरी,

हे छायापति हे दिनेश भगवन् शान्ति सबैमा भरी ।।१
गर्छन् अर्पण अध्र्य जलप्रतिदिनै श्री शंकरादिहरू,
भक्तिपूर्वक सूर्यको जप गरौं रोगादि हट्छन् अरु ।
सारा कष्ट र पाप–तापजति छन् नाशी सधै मंगल,

दिन्छन् श्री रविले सुदीप्त छविले काटी कडा जंगल ।।२
शक्तिशाली सहस्ररश्मि अदितिसूनु त्रिलोकीश्वर,
रक्षादायक दीपप्रज्वलगरी भर्छन् सवैका घर ।
व्रह्माविष्णुमहेशशक्रशमन आत्मा सबैका रवि,
शक्तिसाथ सुखादि वैभवदिने त्रैलोक्यका हुन् छवि ।।३

भगवती स्तुति 

जगत् अम्बे मातर् सवकी जननी रक्षकवनी ,
सवै प्राणी राम्रा भुवन भरिका सन्तति पनि ।
सुखी पारी दृष्टि दिइ सकरुणासाथ भवमा,
अतिन्यानु मायाप्रिय अमृतछाया छ सवमा ।।१

जगन्मातर् आर्या त्रिपुरअरिभार्या हिमसुता,
गजानन श्रीस्कन्द अतिप्रियसुपुत्रद्वययुता ।
सवैकी वात्सल्या भुवन भरिकी पारसमणि,
सवै सन्तान् तिम्रा मनुदनुविशैलाकृमिफणी ।।२

कलंकी कंकाली कपट–पट काटी कट–कट,
फटाहामा फाटो फरर फिजाई फट–फट ।
चुडाइ चौतर्फी चकित–चल–चल्ने चट–चट,
तगारो तेस्र्याइ तरणीसरि पारी तट–तट ।।३

सवैमा हे अम्बे मधुर–मधुको सिञ्चनगरी,
अपर्णे हे गौरि कुमति–सुमतिहुन् घरभरी ।
दयादृष्टि राखी सकलजनमा सन्मतिभर,
भवानी भक्तिले भवन भरिलाहून् भयहर ।।४

कुसूनु कत्ति छन् तर पनि कुमाता भवभरी,
हुदैनन् यो जानौ बरु कतिसही कष्टकहरी ।
सधै पालीपोषी हरघटी सुरक्षातिरमन,
लगाइ खर्चन्छन् शुभतन सजिलै सितधन ।।५

त्यसैले हे मात कपूत सुतनै होस भवमा,
दया तिम्रो धरै पल–पल यहाँ हुन्छ सबमा ।
जगन्मातर्मात जननी जनिगर्दै सवभय,
हटून् हाम्रा सारा भगवती सदाहोस् जय जय ।।६

शिवस्तुति 

शम्भो कैलाशवासी सतिपति सवका सदगुरु एकमात्र,
धातापालक सुहर्ता सकलभुवनमा हुन् यिनै पूर्णपात्र ।
यिनको दृष्टि शुभहुन गए मात्र वन्नेछ देश,
रक्षा गर्छन् हरघटी यहाँ धूर्जटी व्युप्नकेश ।।१

रक्षा धेरै सवतिर हुदा देश एकै अशेष,
नाशीकालोकलुष सजिलै धर्म बन्ने छ वेश ।
शैवी दृष्टि अति छ रसिलो भक्तकालागि राम्रो,
गाँसी सदभाव माशीकलह सहजै बन्छ सद्वुद्धि हाम्रो ।।२

मौलीमाबाँधीगंगाभुवनभरका रोक्तछन् घोरदंगा,
बन्छन् श्री शम्भु हाम्रानयनपथकामार्गदर्शक सुचङ्गा ।
भक्ति साथै मन वचनअनिकर्मले वारपार,
गाढासिन्धु सहजसितनै झट्ट पाइन्छ पार ।।३

स्वामीनक्षत्रकाछन् शिरशिखरमा सर्वदा तापहारी,
कामारिशूलधारी भुवन भरकानाथमागल्यकारी ।
कर्ता–भर्तापहर्ता त्रिभुवनपति शुद्धसन्सार पारी,
रक्षा गर्छन् सबैको जगत गुरुप्रभु भक्तका कष्टटारी ।।४

सेवा हामीप्रतिदिन गरौ हट्तछन् कष्टजाल,
सत्कीर्ति फैलिने छन् अवगुणहरू भाग्दछन् ठोकीताल ।
वाँचुञ्जेल् सुखमिल्ने अनि पछि सहजै पाइने भक्तिखाश,
फेरी आइ धरामा पुनपुनरपि गर्भमा हुन्नवास ।।५

विष्णुस्तुित

लक्ष्मी कान्तकमलनयन शेषशायी सुरम्य,
विष्णु वैकुण्ठवासी त्रिभुवनपतिभक्तिले मात्रगम्य ।
काटी दुष्कर्म कालोकपट छलको भक्तको झोलीभर्दै,
राख्ने हेनाथ रक्षागरी सकलमा पापतापदि हर्दै ।।१

जलतलकी पृथ्वीकोलमूर्ति वनेर,
पसी कसिकन दाह«ा माथिल्याउ भनेर ।
अतिप्रवलदनुको नाशपारेर शक्ति,
उपरि गरी दिनाले गर्दछिन् धर्ती भक्ति ।।२

प्रभुपद अवमेरै धत्र्तीमा होस बास,
चरणरजकृपाले नाशियून्पापत्रास ।
धरणीकृत स्तुतिले कौशिकीतीर वासी,
खुश भई रहनु भो मत्र्यका कष्टनाशी ।।३

कौकाकौशिकीकोतीर पुण्यतीर्थ वनाउँदै,
वराहरूप भगवान् वस्नु भयो रमाउँदै ।।४

प्राणी उद्धारकालागिशालग्रामशिलावनी,
गण्डकी तीरमावाससंसार को गरी जनी ।।५

वस्ने श्री प्रभुको भक्ति गरौं पाप विलाउँछन,
अन्त्यमाभक्तिकादाताआफुमा नै मिलाउछन् ।।६

संसार भरको रक्षागरून्प्रभु सुशोभन,
वनोस् सधैभरी शान्ति कामनागर्छ मोहन ।। ७

प्रतिक्रिया