प्रदेश १ मा ४७४ कोरोना सङ्क्रमित थपिए

इनेप्लिज २०७७ कार्तिक २ गते १७:५० मा प्रकाशित

विराटनगर,२ कातिक।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ४७४ जना कोरोना सङ्क्रमित थपिएका छन्।सोमध्ये १४९ महिला र ३२५ पुरुष छन् ।
थपिएका सङ्क्रमितमा मोरङमा २६५ मध्ये विराटनगरमा १५४, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात,संखुवासभामा पाँच,भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एकएक र प्रदेश बाहिरका १३ जना सङ्क्रमित थपिएको सामाजिक विकास मनत्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा १५ जना सहित अहिलेसम्ममा प्रदेशमा पाँच हजार ५७५ जना निको भएर घर फर्किएका छन् भने सो अवधिमा एक हजार ४६८ जना सहित अहिलेसम्ममा कुल एक लाख ४६ हजार ८५० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया