बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १५:३६
वासिङटन डिसी 04:51

दिलको ड्राइभर सार्वजनिक – म्यकुरी र कन्चन एउटै पर्दामा

इनेप्लिज २०७७ कार्तिक २ गते १७:०९ मा प्रकाशित
अमेरिका को क्यालिफोर्निया मा वसोवास गर्दै आउनुभएकी इशा कार्की द्वारा श्रीजीत तथा संगीतवद्द दिलको ड्राइवर सार्बजनिक भएको छ। यसमा स्वयम् इशा कार्की र अमृत जंग कुँवर को स्वर रहेको छ भने संगीत संयोजन रीकेश गुरुङ को रहेको छ। हाँस्य कलाकार पवन खतिवडा “म्याकुरी” र कञ्चन खड्काको अभिनय रहेको गीत लाइ मनोज बिष्टले निर्देशन तथा टेकेन्द्र शाहले सम्पादन गर्नु भएको हो ।
राज महर्जन को कोरियोग्राफी मा ह्याप्पी क्रु र चार्मिङ ईन्टरटेनमेन्टको दमदार प्रस्तुति रहेको छ । अमेरिका मा दिपक बम्जन र नेपाल मा रामकुमार केसी द्वारा छयांकन गरिएको भिडियो लाइ ईशा कार्की र अमृत जंग कुँवरले परिकल्पना गर्नुभएको हो। भिडियो एमबी क्रियशनको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया