शनिबार, साउन ९ २०७८
काठमाडौं २०:०३
वासिङटन डिसी 10:18

जो बाइडेन र कमला ह्यारिसले दिए हिन्दुहरुलाई नवरात्रीको शुभकामना

इनेप्लिज २०७७ कार्तिक २ गते ११:१८ मा प्रकाशित

पूर्व उपराष्ट्रपति तथा डेमोक्र्याटिक दलका लागि अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेन तथा तथा उप राष्ट्रपतिका उम्मेदवार कमला ह्यारिसले हिन्दुहरुको महान चाड बिजया दशमी(नव रात्री)को उपलक्ष्यमा दुवैले शुभकामना दिएका छन् ।

बाइडेन तथा ह्यारिसले सामाजिक संजाल ट्वीटरको माध्यमबाट पृथक रुपमा शुभकामना दिएका हुन् ।

हिन्दू नवरात्रिको उत्सव शुरू भएकोमा जिल र म संयुक्त राज्य अमेरिका र विश्वभरि मनाउने सबैलाई शुभकामना पठाउँदछौं भनि सन्देश दिएका छन् । पुन : एकपटक ईश्वरले दुष्ट माथि विजयी गरुन भनि सामाजिक संजालमा उक्त कुरा सार्वजनिक गरेका छन ।

यसै गरि सिनेटर तथा उप राष्ट्रपतिका उम्मेदवार कमला ह्यारिसले म हाम्रा हिन्दू अमेरिकी साथीहरू र परिवार, र ती सबै मनाउनेलाई नवरात्रिको धेरै शुभकामना दिन्छु ।

यो उत्सवले हाम्रो समुदायलाई उत्प्रेरणा गरोस । र अधिक समावेशी र न्यायपूर्ण अमेरिका निर्माण गर्न हामी सबैको लागि प्रेरणाको रूपमा काम गरोस भनि सामाजिक संजालमा सार्वजनिक सन्देश सार्वजनिक गरेकी छिन ।

 

प्रतिक्रिया