आइतबार, साउन १० २०७८
काठमाडौं ०६:०६
वासिङटन डिसी 20:21

अमेरिकामा एकैदिनमा कोरोना संक्रमित हुनेको संख्या ५२ हजार,६७९ को मृत्यु

इनेप्लिज २०७७ कार्तिक २ गते १०:३५ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ हजार ७ सय ७४ पुगेको छ । यसै गरि कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ६ सय ७९ पुगेको न्यू योर्क टाइम्सले जनाएको छ ।

उक्त तथ्यांक गत शनिबार अक्टोबर १७ का दिन २४ घण्टामा लिइएको हो । गत हप्तामा औसतमा अमेरिकामा ५६ हजार २ सय १० जना संक्रमित भएको तथ्यांकले देखाएको छ । गत २ हप्ताको तुलनामा संक्रमित हुनेको संख्यामा २८ प्रतिसतले वृद्धि भएको छ ।

गत बिहिबार इन्सटिट्युट फर हेल्थ मेट्रिक्स र युनिभर्सिटी अफ वाशिंगटनस्कूल अफ मेडिसिनको मुल्यांकन अनुसार अर्को बर्ष फेब्रुअरी १ सम्म मृत्युहुनेको संख्या ३ लाख ८९ हजार ८७ पुग्ने भविष्यवाणी गरेको छ ।

अमेरिकामा हाल सम्म २ लाख २३ हजारको मृत्यु भएको छ भने ८२ लाख ६२ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३४ लाख ६ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/न्यूयोर्क टाइम्स

प्रतिक्रिया