आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०२:५१
वासिङटन डिसी 17:06

डिसीमा महिलाहरुको बिशाल जुलुस

इनेप्लिज २०७७ कार्तिक १ गते २१:५८ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा मतदाताहरूलाई चुनावमा संलग्न गराउने उद्धेश्य सहित महिलाहरुको बिशाल जुलुस कार्यक्रमको आयोजना गरिएको छ ।

आगामी नोभेम्बर ३ का दिन हुने निर्वाचनमा ५० लाख नागरिक लिएकाहरुलाई यस बर्ष राष्ट्रपतिको निर्वाचनमा मतदानको लागी प्रोत्साहन गर्न उक्त भेलाको आयोजना गरिएको हो । अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागिता रहेको थियो भने कोरोना सक्रमण भएका करिव ३२ वटा राज्यहरुबाट सहभागितामा प्रतिबन्ध लगाईएको थियो ।

५ मिलियन(५० लाख)लाई टेक्स(सन्देश)दिने र उनीहरुलाई निर्वाचनमा भाग लिन उत्प्रेरणा गर्ने आयोजकले जानकारी गराएका छन । अक्टोबर १७ शनिबारका दिन महिलाहरु जुलुसमा संलग्न भै राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका नीतिहरू प्रति बिरोध समेत गरे । उनीहरुले प्रचार सामाग्रीहरुहरु सहित नारा लगाएका थिए । सन् २०१७ मा राष्ट्रपति ट्रम्पले सपथ ग्रहण लिएको भोली पल्ट उक्त भेलाको आयोजना गरिएको थियो । कार्यक्रमकि कार्यकारी निर्देशक रासेल ओ लेरी कर्मोनाले एक अर्काबाट सामाजिक दूरी राख्नको लागि सहभागीहरूलाई आग्रह गर्दै कार्यक्रमको उद्घाटन गरेकी थिइन ।

उनले ट्रम्पको राष्ट्रपति समाप्त गर्ने महिलाको शक्तिको बारेमा चर्चा गरिन्। उनको रास्ट्रपति महिला जुलुसबाट सुरु भयो र अब यो महिला मतदानबाट समाप्त हुने अवधि हो “उनले भनिन्।

श्रोत ; डब्लुटिओपी ,तस्बिर : डब्लुटिओपी

प्रतिक्रिया