निर्दयी नेपाली आमा द्वारा भियनामा तीन सन्तानको हत्या

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७७ कार्तिक १ गते २०:२६ मा प्रकाशित

आज घटस्थापनाको दिन अस्ट्रियाको भियनामा एक दुखद घटना घटेको छ। ३१ वर्षीय एक नेपाली महिलाले आफ्ना नौ वर्षीय, तीन वर्षीय र आठ महिने काखे बालकको हत्या गरेकी छिन। आफ्ना तीनै सन्तानको हत्या पछि आफैले बिहान ५:२० मा प्रहरी लाई फोन गरेर खबर गरेकी थिइन। प्रहरी उनी बसेको अपार्टमेन्टमा पुग्दा तीन वर्षीय बालिका र आठ महिने बालकको ज्यान गइसकेको थियो तर नौ वर्षीय बालिकालाई बचाउन सकिने आशामा प्रहरी अस्पताल पुर्याएको थियो तर उक्त बालिकालाई बचाउन डाक्टर सफल भएनन् ।

प्रहरीले तीन वर्षीय बालिका र आठ महिने बालक लाई एउटा कोठामा मृत भेटेको थियो भने नौ वर्षीय बालिका लाई अर्को कोठामा भेटेको थियो।तीन सन्तानको हत्या गरेर आफु पनि आत्महत्या गर्ने सोच उक्त महिलाको रहेको प्रहरीको प्रारम्भिक अनुमान छ। सोधपुछको क्रममा महिलाले आफ्ना सन्तानको हत्या सहर्ष स्वीकारेकी थिइन। प्रहरी अनुसन्धानमा रहेको यस घटना विवाह र पारिवारिक कहलका कारण यस घटना घटेको भन्ने प्रहरीको अनुमान छ। तीन कलिला सन्तान लाई घांटी थिचेर मारेको स्थानीय अखबारहरुले जनाएका छन।

श्रीमान श्रीमती बीच केही समय देखि आपसी कलह रहेको र दुई हप्ता अगाडी दुई बीच ठुलो झगडा भएकोले उक्त महिलाका ४४ वर्षीय नेपाली श्रीमानलाई उनको वरपर आउन समेत रोक लगाइएको थियो।

एक अपुष्ट समाचारका अनुसार उक्त महिला भियनामा रहेका नेपाली महिला अधिकारकर्मी हरु संग बाक्लो सम्पर्कमा रहेको र तिनै महिला अधिकारकर्मीहरुले सम्बन्धित निकायमा जाने सुझाव दिनुको सट्टा गलत सुझाव दिने गरेको समेत सुन्नमा आएको छ। एनआरएन वोमन फोरमको नाममा खोलिएको एक फेसबुक ग्रुपमा आज दिनभर महिलाहरुका उत्तेजक अभिव्यक्ति आएका थिए।

स्मरण रहोस उक्त फेसबुक ग्रुपमा उक्त महिलाले आफ्ना कुराहरु केही समय अगाडी लेखेकी थिइन र विभिन्न महिलाकर्मीहरुले उक्त महिलाहरुले भेटेको र आफ्नै किसिमका सुझावहरु समेत दिएको भन्ने सुन्नमा आएको छ र आज उनले आफ्ना सन्तानको हत्या गरेको खबर बाहिर आए पछि एनआरएन महिला फोरमको नाममा खोलिएको उक्त ग्रुपमा केही महिलाहरुले यस घटनासंग सरोकार नै नभएको व्यक्तिहरु  लाई हत्याराको दोष लगाउने काम गरेका छन।भियना प्रहरीले छिट्टै नै यसको अनुसन्धान गर्ने नै छ ।

भियना प्रहरीले नेपाली राजदुतावास बाहेक अन्य कुनै नेपाली संघ संस्था वा व्यक्ति लाई आधिकारिक जानकारी दिएको छैन र भियना स्थित नेपाली राजदुतावास भियना प्रहरी संग सम्पर्कमा रहेको जानकारी नेपाली राजदुतावासले आफ्नो फेसबुक मार्फत दिएको छ।

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

फोटो सौजन्य:फेसबुक

प्रतिक्रिया