आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०२:३३
वासिङटन डिसी 16:48

सिर्जना उत्सवको “कवितामा दसैँ”

समाचारदाता २०७७ कार्तिक १ गते १८:५१ मा प्रकाशित

बोष्टन ,अमेरिका
अक्टोबर १७
सिर्जना उत्सव बोष्टनले अमेरिकाको अइतबार साँझ “कवितामा दसैँ” कार्यक्रम गर्ने भएको छ ।बिजया दशमी २०७७ को अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा ७७ सर्जकले कविता वाचन तथा शुभकामना आदान-प्रदान गर्ने भएका छन।कार्यक्रममा कविहरूले ” बिजया दशमी – २०७७को शुभकामना ” भन्दै सिधै कविता,गजल,मुक्तक जे बिधा भए पनि एक एक वटा छोटा सिर्जना वाचन गर्ने छन्।जुम प्रविधि बाट फेसबुकमा लाईभ हुने उक्त कार्यक्रमलाई ई -नेप्लिज अनलाईन सञ्चार ,अमेरिका र रेडियो हिमालयन,नेपालले प्रत्यक्ष प्रसारण गर्ने छन्।

बिश्वभर कोरोनाको प्रकोपका कारण दसैँ मनाउन नेपाल जान नपाएका र नेपालमा आफन्तको प्रतीक्षामा रहेका नेपाली मनहरूलाई शुभकामना पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमको संयोजक गोवर्ध्दन पूजाले बताए।कार्यक्रमा प्राविधिक संयोजन महेश्वर पन्तले गर्नेछन भने दीपा राई पुन र ममता कर्माचार्यले अतिथिहरूलाई स्वागत र धन्यवाद व्यक्त गर्नेछन्।

कार्यक्रम अमेरिकाको पूर्वीय समय अनुसार साँझको ९;१५ बजे र नेपालको सोमबार बिहान ७ बजेबाट हुनेछ।

प्रतिक्रिया