फिल्म भाँडाकुटी घोषणा,मुकुन र बेनिशा मूख्य भुमिकामा

इनेप्लिज २०७७ कार्तिक १ गते १८:३९ मा प्रकाशित

काठमाडौं।घटस्थापनाको दिन पारेर शनिवार नयाँ फिल्म घोषणा गरिएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागिएको फिल्म भाँडाकुटीको शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको छ।

नायिका बेनिशा हमाल र कलाकार मुकुन भुषाललगायतको अभिनय रहने फिल्म भाँडाकुटी आउँदो फाल्गुनमा वुटवल आसपासका ठाउँमा छायाँकन गरिने बताइएको छ।

बैवाविक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागिएको फिल्मलाई किरण बिकले निर्देशन गर्दैछन् । किरण बिककै कथामा कलम खड्काले फिल्म निर्माण गर्न लागेका हुन्।ओस्कार फिल्म कलेज पास आउट भएका यूवाहरुको समूह फिल्ममा हाबी छ।

२०७८ साल लक्षित गरेर प्रदर्शन टार्गेट गरेको फिल्मलाई निशल पौडेलले खिच्ने भएका छन्।फिल्ममा राज कुमार दर्जीको कोरियोग्राफि र भिम बिकको सम्पादन रहने छ।फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन्।झण्डै एक करोड लगानीमा नयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन्।

समाजको कथालाई नयाँ ज्ञान सहित पुरा अनुभवहरुको साथमा राम्रो फिल्म बनाउने उद्देश्य सहित नयाँ टिम आएकोले सबैले सहयोग गरिदिन निर्देशक किरणले अनुरोध गरेका छन्।

प्रतिक्रिया