आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०१:५५
वासिङटन डिसी 16:10

अमेरिकामा एकैदिनमा कोरोना संक्रमित हुनेको संख्यामा वृद्धि ,६९ हजार संक्रमित ८८३ को मृत्यु

इनेप्लिज २०७७ कार्तिक १ गते १०:४५ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा वृद्धि भएको छ । एकैदिनमा ६९ हजार १ सय ५६ पुगेको छ । कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ सय ८३ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ ।

उक्त तथ्यांक गत शुक्रबार अक्टोबर १६ का दिन २४ घण्टामा लिइएको हो । गत बिहिबारको तुलनामा शुक्रबार संक्रमितको सख्यामा र मृत्यु संख्या दुवैमा समेतमा वृद्धि भएको छ ।

गत बिहिबार इन्सटिट्युट फर हेल्थ मेट्रिक्स र युनिभर्सिटी अफ वाशिंगटनस्कूल अफ मेडिसिनको मुल्यांकन अनुसार अर्को बर्ष फेब्रुअरी १ सम्म मृत्युहुनेको संख्या ३ लाख ८९ हजार ८७ पुग्ने भविष्यवाणी गरेको छ ।

अमेरिकामा हाल सम्म २ लाख २२ हजार ६ सय ३५ को मृत्यु भएको छ भने ८२ लाख ६ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३३ लाख ९३ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया