आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०२:५२
वासिङटन डिसी 17:07

मेरिल्याण्डका रिपब्लिकन गभर्नर ल्यारी होगनले रोनाल्ड रेगनलाई मतदान गरे ,ट्रम्पलाई मत दिएनन

इनेप्लिज २०७७ कार्तिक १ गते १:५० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यका रिपब्लिकनका गभर्नर ल्यारी होगनले रोनाल्ड रेगनलाई मतदान गरेको खुलाशा गरेका छन । उनले एक अन्तर्वार्तामा उक्त कुरा खुलासा गरेका हुन् ।

उनले रिपब्लिकन दलका राष्ट्रपतिका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतदान नगरी अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगनलाई दिएको समाचार वाशिंगटन पोस्टले शुक्रबार उक्त कुरा लेखेको छ ।

अन्तर्वार्तामा गभर्नर होगनले गत हप्ता नै हुलाक मार्फत पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको नाम उम्मेदवार नभएता पनि रेगनको नाम लेखि होगनले पठाएको बताए ।

गभर्नर होगन र राष्ट्रपति ट्रम्प बीच सम्बन्ध राम्रो नभएकोले उनीहरु बीच भनाभन र एक अर्कामा बाण आदान प्रदान भै रहन्छ । सन् २०१६ मा पनि उनले गभर्नरले आफ्ना पितालाई मतदान गरेका थिए ।

ट्रम्प विशेष गरी मेरील्याण्डमा अलोकप्रिय छन् । उनले गत वर्ष मेरील्याण्डको सातौं कंग्रेसनल जिल्लालाई “घृणित,मुसा र झमेला ” को रूपमा ब्याख्या गरेका थिए ।

श्रोत : एपी

 

प्रतिक्रिया