आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०१:४४
वासिङटन डिसी 15:59

न्याक दशैँ कप भकुण्डो प्रतियोगिता २०२० प्याट्रीओट पार्क फेयरफ्याक्समा हुने

इनेप्लिज २०७७ असोज ३० गते २२:५४ मा प्रकाशित

 

न्याक दशैँ कप भकुण्डो प्रतियोगिता २०२० पेट्रीओट पार्क फेयरफ्याक्समा हुने भएको जानकारी आयोजक तथा प्रतियोगिताका संयोजकको रुपमा पुलको काम गरि रहेका चन्द्र लामाले ईनेप्लिजलाई बताए ।

प्रतियोगिता भर्जिनियाको स्यान टिली माध्यमिक बिद्यालयमा हुने भनिएको भएता पनि अन्तिम समयमा फेयरफ्याक्स काउन्टी अन्तर्गत ब्राडक रोड(सडक)स्थित पेट्रीओट पार्क फेयरफ्याक्समा फेर्नु परेको उनले बताए ।

नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक) दशैँ कप भकुण्डो प्रतियोगिता २०२० हुने भएको छ भने उक्त प्रतियोगिताको आयोजना डिसीएफसी(डिसीफुटबल क्लब)ले आयोजना गर्ने छ ।

प्रतियोगिता आगामी अक्टोबर १८ का दिन आइतबार हुनेछ । उक्त दिन बिहान ८ देखि ९ बजे सम्म न्याक बिरुद्ध डिसीएनएससी बीच मैत्रीपूर्ण खेल हुने छ । अर्थात् न्याकका कार्यकारी समिति तथा डिसीएनएफसीका कार्यकारी बीच हुनेछ ।

यसै गरि ८ -९ बजे सम्म तृतीय स्थानको लागि टोली १ बिरुद्ध टोली ३ भिड्ने छन । यसै गरि ९ :३० -११ बजे बिहान सम्म टोली २ बिरुद्ध टोली ४ निर्णायक खेल (फाइनल )खेल्ने छन् ।

अन्त्यमा ११ -११:३० सम्म प्रशिक्षकलाई सम्मान हुने छ । कार्यक्रम पश्च्यात पदक वितरण गरिने छ । अन्त्यमा नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा प्रहरीका एसपी बिनोद खरेललाई सम्मान गरिने भएको छ भने हाल उनि डिसीएनएफसीका प्रशिक्षक पनि हुन् ।

लामाले सबैलाई ईनेप्लिज मार्फत चुलो निम्तो समेत दिएका छन् ।

प्रतिक्रिया