प्रदेश नं १ मा ४६८ जना सङक्रमित थपिए

इनेप्लिज २०७७ असोज ३० गते २१:४६ मा प्रकाशित

विराटनगर,३० असोज।प्रदेश नं. १ मा पछिल्लो २४ घण्टाको अवधिमा ४६८ कोरोना सङ्क्रमित थप भएका छन्।उक्त अवधिमा गरिएको एक हजार ४४५ जनाको पीसीआर परीक्षणमा १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरमा १३४ सहित मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, ते¥हथुममा सात,उदयपुरमा चार, इलाममा तीन,धनकुटा र संखुवासभामा दुई÷दुई,भोजपुर र ताप्लेजुङमा एक÷एक र प्रदेश बाहिरका १२ जनामा सङक्रमण पुष्टि भएको छ। प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७०२ पुगेको मन्त्रालयले जनाएको छ।

प्रदेशमा आज २२१ जना सङक्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म पाँच हजार ५६१ पुगेको छ ।हालसम्म एक लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया