गीतकार बिश्व गौडेलको ‘सुनरीमै’ प्रिज्मा ,प्रिन्सी र नाजिर (भिडियो )

इनेप्लिज २०७७ असोज ३० गते १०:२७ मा प्रकाशित

 

लामो समय देखि अष्ट्रेलियामा बसेर नेपाली कला संस्कृति, रितिरिवाज संगै मौलिकपना झल्किने गीतहरुको लेखनमा लागेका युवा गीतकार बिश्व गौडेलकोको नयाँ गीत ‘सुनरीमै’ सार्वजनिक भएको छ ।

चर्चित गायक प्रमोद खरेल र लोकप्रिय गायिका मेलिना राईको युगल स्वर रहेको गीत ‘सुनरीमै’ दीपक शर्माको संगीत र साहस शाक्यको एरेन्ज रहेको छ। गीतको भिडियोमा टिकटकका सर्वाधिक हिट जोडी प्रिज्मा ,प्रिन्सी खतिवडा र नाजिर हुसेनको अभिनय रहेको छ।

भिडियोमा नबराज उप्रेतीले छायाँकन नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियो ग्राफी र जीवन रसाईलीको निर्देशन रहेको छ ।पछिल्लो समय कला संस्कृति, रितिरिवाज संगै मौलिकपना झल्किने नेपाली गीत संगीत लाइ युवाहरुले भुल्न थालेको र पाश्चात्य संस्कृति हावी हुदै जान थालेकाले नेपाली संगीतको संरक्षणका लागि यो म्यूजिक भिडियो सहितको गित बजारमा ल्याएको भिडियो निर्माता ब्लेक ब्रोस इन्टरटेनमेन्टको भनाइ छ ।

प्रतिक्रिया