जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल

इनेप्लिज २०७७ असोज २९ गते २२:२१ मा प्रकाशित


विराटनगर,२९ असोज।प्रदेश नं.१ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्राम निर्माणबारे आज यहाँ छलफल कार्यक्रमको आयोजना गरेको छ।

ग्राम थानका जनप्रतिनिधि,पार्टी प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो।सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठनागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ।जेष्ठनागरिक ग्राममा रहने चिल्ड्रेन पार्कको निर्माण ग्रामथान गाउँपालिकाले गर्नुपर्ने छ।१० विगाहा १४ कठ्ठामा निर्माण गरिने जेष्ठ नागरिक ग्रामको डिपीआर लगायतका काम सम्पन्न भईसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले भवन निर्माणको शिलान्यास चाँडै गर्नेगरि मन्त्रालयले काम अघि बढाएको जानकारी दिदै परियोजना निर्माण शुरुभएपछि अवरोध भए निर्माणले गतिलिन सक्दैन भन्नु भयो।उहाँले जेष्ठनागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रुपमा विकास गरिने बताउनुभयो ।प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, उद्योग,पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास, गाउँपालिका अध्यक्ष शिवनारायण माझी लगायतले परियोजना कार्यन्वयनमा जोडदिनुभयो।

 

 

प्रतिक्रिया