विराटनगर महानगर द्वारा १२ जना वेसाहारा सडक मानवको उद्दार

इनेप्लिज २०७७ असोज २९ गते २२:१६ मा प्रकाशित


विराटनगर ,२९ असोज।विराटनगर महानगरपालिकाले नगरका सडकमा बेसहारा भै कठिन जीवनयापन गरिरहेकाहरुका १२ जना सडक मानवलाई आज उद्दार गरेको छ।

विराटनगर महानगरका प्रमुख भीम पराजुलीले विराटनगर– ९ स्थित पुरानो गुद्री आसपास क्षेत्रमा बस्दै आएका एवं सडकमै दिसापिसाब गर्ने र सडक वेसाहारा व्यक्तिहरुलाई उद्दार गर्नु भएको छ।

बिराटनगर सडक लाई बेसहारा मानव मुक्त बनाउने अभियान अनुरुप सडकपेटीमा बस्दै आएकाहरुलाई उद्दार गरिएको हो।यसरी उद्दार गरिएकाहरुलाई विराटनगर –१० मा रहेको मानव सेवाआश्रममा लगिएको छ।यसभन्दा अगाडी विराटनगर महानगरले २० जनाको उद्दार गरिसकेको छ।

लागु औषध प्रयोगकर्ता र घरबार विहिन भएर बेसहारा जीवन बिताइरहेकाहरुको पहिचान सहित बस्ने स्थान समेत छनौट गरिएको छ।लागुऔषध दुव्र्यसनीमा फसेर सडकमै आएकाहरुलाई सुधार गृहमा लगिएको छ।उद्दार गरिएका मध्ये दुईजनालाई विराटनगर ३ मा रहेको लिवर्टी नेपालमा लगिएको बताइएको छ।

नगर प्रमुख पराजुलीले यो अभियानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताउदै बेसहारा मानिसहरुको उचित व्यवस्थापनका लागि मानवसेवा आश्रमसंग सहकार्य गरी प्रत्येक वर्ष रु २५ लाख दिने गरेको जानकारी दिनु भयो।

प्रतिक्रिया