आइतबार, साउन १० २०७८
काठमाडौं १५:५७
वासिङटन डिसी 06:12

कथा : सेल्फी मैयाँ

दीपक पन्त २०७७ असोज २९ गते २१:५४ मा प्रकाशित

सानो हाते झोलाबाट मोवाइल निकाल्दै उसले सेल्फी खिच्न थाली । क्लिक ! क्लिक ।।

बिभिन्न पोजमा उसले आफ्ना बिम्बहरूको सेल्फी लिदै थिई ।

कहिले अनुहार मात्र, कहिले छाती मात्र ,कहिले हिप मात्र त कहिले कपाल अगाडि त ,कहिले कपाल पछाडि । यस्तै अनेक रुपका सेल्फीहरु दैनिक खिच्नु र त्यस लाई फेस बुकका भित्ताहरुमा सजाउनु उसको दैनिकी थियो । प्रत्येक पोष्ट पछि मिनेट मिनेटमा आउने लाइक र कमेन्टमा खुशी साट्दै ,उसका दिनहरु वितेको पनि ४ वर्ष भै सकेको थियो । हो , पहिलो पटक जीवनले उसको विहेको प्रथम एनिवर्षरीमा उपहार स्वरुप दिएको ल्यापटप बाट नै उसका सेल्फीहरु सजिएका थिए। यी वितेका वर्षहरुमा उसका हजारौ सेल्फीहरुले लाइक र कमेन्ट पाएका छन् । कयौं दिनहरु कयौं रातहरु यीनै सेल्फीका लाइक र कमेन्ट ,नयाँ फेन्ड रिक्वेष्ट एसेप्ट गर्दै उसले विताएकी थिई। हुन पनि उसको साथी भनेकै फेसबुक थियो । जीवनले जीवन रुपी साङ्लो त ऊ सँग बाँधेकोथियो । तर उसका समयानुकुल इच्छा चाहानालाई साथ दिन सकेको थिएन । समाजकोेदेखासिखी र उच्च महत्वाकाँक्षाले ऊ सधै खिन्न थिइ । अरवको खाडिमा बगेको जीवनको पारिश्रमिकले न त उसका महत्वकाक्षा पुरा भएका थिए । न त बिहे पश्चात उसको कोख नै भरिएको थियो । वैवाहिक बन्धनका केही दिन पछि नै उसमा देखिएका महत्वकाँक्षाको मूर्त रुप दिन जीबन अरबको खाडी तिर भासिएको थियो । हाल ऊ सँग न त बाल बच्चाको साथ थियो ।नत लोग्नेको हात थियो । उसको साथ थियो त केवल फेसबुक । त्यसैले होला सुत्दा /उठ्दा /बस्दा उसको दैनिकी नै फेसबुक सँग वितेको थियो । प्रायbजसो फेसबुकमा प्राप्त फेण्ड रिक्वेष्ट ऊbनिशंकोच एसेप्ट गर्थी । त्यसैले होला उसका हरेक पोष्टहरुमा लाइक र कमेण्टको बाढी नैआउथ्यो ।

दिनहरु यसरी नै बिति रहेका थिए । एक दिन कुनै विवेक नामक युवकले फेण्ड रिक्वेष्ट पठायो ।उसले निशर्त एसेप्ट गरी । उसलाइ कुनै भानै थिएन । कसको गर्ने ?कसको नगर्ने । हरेक दिन,दिन भर खिचेका सेल्फीका नयाँ नयाँ बिम्बहरू फेसबुकमा अपलोड गर्नै मस्त हुन्थी ।

विवेक एक सरकारी कर्मचारी थियो । उसको घरको पारी पट्टी करीव २ महिन अघिदेखि भाडामाबस्दै आएको थियो । कहिले काही पसलमा ,मर्निङबाकमा ,कहिले साँझ कौशीमा ,विवेकलेउसलाइ देखेको थियो । उसका हजारौ फेसबुक साथीका सन्जालबाट विवेकले आफूले सधैदेखिरहने उसलाई “यू मे नो” बक्समा पहिलो पटक देखेको थियो । कन्फर्म गर्न उसको प्रोफाइलमा भएका उसका सयौ सेल्फीहरु हेरेको थियो । कर्यौ सेल्फीहरु त उसले लाइभ देखेकोकौशीमा नै खिचिएको थियो । त्यसैले सम्बन्ध बढाउने अभिप्रायले उसलाइ फेन्ड रिक्वेष्टपठाएको थियो ।

रिक्वेष्ट एसेप्ट भएपछि विवेकले पनि भ्याएजति उसका सेल्फीहरुमा लाइक र कमेन्ट लेख्यो ।अनि ब्यग्र प्रतिक्षारत रह्यो । पलभरमानै उसका प्रतिक्रियाहरु आए । मानौ ऊ झन आतुर छे ।भेट्न, देख्न साट्न मनका बहहरु । विवेक वहकियो । दिन रात एक पार्न थाल्यो । कार्यलयकोसात घण्टामा पनि सत्ताइस चोटी ऊ फेसबुक मेसेस हेर्न थाल्यो । छोटै समयमा फेसबुकका सयौसाथी मध्ये ऊ नै बिबेकको प्रिय बनि सकेकी थिइ । हुन पनि सेल्फी वा रियल , उसको रुपकोचर्चा राम्रै थियो । उमेरले ४० आसपासमा पुगे पनि उसको अनुहारमा जवानीको बाइसी सौदर्य नैझल्किन्थो । ऊ मात्र हैन उसका हरेक सेल्फीहरु ,कुनै रंग कलाकारको फोटो सेसन भन्दा कमथिएनन् ।

उसले पठाएका, पाएका कमेण्ट मेसेसहरु विवेकको लागि निकै महत्व राख्थ्यो । तर सेल्फीमैयाको लागि केही अर्थ थिएन । उ त केवल फेसबुक र सेल्फी मै मस्त हुन्थी । विवेक जस्तैहजारौ उसका सेल्फी प्रिय साथीहरुलाई जवाफ फर्काउथी / निसंकोच सधै लेख्ने गर्थी हाई ,आइलाइक यू , यू वान अ मिट मी ? गूड नाइट ! सि यू !लब्यू । आदि /इत्यादी त उसका दैनिकी थिए ।उसलाई कसैसँग केही मतलव थिएन । आफूले लेखेका, पठाएका भावहरुले अरुको भावनामा ठेसपुग्ला भन्ने कहिल्यै हेक्का राख्दैनथी । यसको ठीक उल्टो विवेक अव सेल्फी मैयाको सूपर फ्यानभइ सकेको थियो । दिन रात उसैलाइ मन मतिष्कमा राख्न थालिसकेको थियो । अफिस बाटफर्कने वित्तिकै च्याट शुरु गरी मध्य रात सम्म सम्पर्कमा बस्नु उसको दैनिकी बनेको थियो । कहिले साह्रै नजीक भएझै गफ हुन्थ्यो त कहिले केही नबुझेको झैँ गर्थी सेल्फी मैया । विवेककन्फयुज हुन्थ्यो । हामी बीच अब के का लागि दुरी ? सासह गरेर प्रस्ताव राख्न खोज्थ्यो तरसेल्फी मैया नबुझेको झैँ गर्थी । विवेक भित्र भित्रै उसको तृष्णाबाट निकै पग्लि सकेको थियो ।अब उसका लागि कि त सामिप्यता कि त दुरी निर्धारण गर्नु अपरिहार्य भइ सकेको थियो । किनकीभावनाको लडाइमा ऊ एक्लै दौडि रहेको छ की सेल्फी मैया पनि । उ जाच्न चाहन्थ्यो ।

वास्तबमा सेल्फी मैयाको प्रेम केवल फेसबुक क्रेज मात्र थियो । विवेक त केवल मेशीन भित्रकोसाथी मात्र थियो । किनकी सेल्फी मैया वास्तवमा अब भावना विहिन भइ सकेकी थिई । मेशीनसँगको सामिप्यताले उसलाई मानवीय संवेगहरुले पूयाउने जोड /घटाउहरु विर्सी सकेकी थिई । ऊत केवल मेशीन जस्तै भइ सकेकी थिइ । एक्लो जीबनमा हजारौ युवाहरुको आकर्षण टिप्पणीअनि त्यसका प्रतिक्रियाहरुमा नै उसका दिन चर्या वितेका थिए । साच्चै भनौ भने उसले कसलाइके के मेसेस गरी ?कसलाइ के भनी ? स्वयम उसलाई नै थाह हुदैनन्थो । अनि उसले लेखेका /पठाएका सेल्फीहरुको पछि लाग्नेहरुको मनोविज्ञान बुझ्ने उसलाइ न त फुर्सत थियो न रुचि नै / उसले त हजारौ विवेकहरुलाइ सेल्फी मैयाको सुपर फ्यान बनाएकी थिइ ।

सत्यता भन्दा आफ्नै भावनामा दौड्यो विवेक । सेल्फी मैयालाइ आफ्नो बनाउने । उसका लालीललाटमा चुम्ने । माया दिने/लिने । दैनिक हुने सम्बादमा आज उसले हिम्मत निकालेर नयाँ वाक्य लेख्यो । रातको १० बज्यो । म आउदै छु । प्रत्तिउत्तर आयो । स्वागत छ मनको राजालाई ।

मन प्रफुल्लित भयो विवेकको । आकाश छुने ।

सि सुन । उताबाट वालहरु कोरिए। रस वेटिङ्ग ।

बिबेक घर बाहिर निस्क्यो । चकमन्न जुनेली रात । सडक पेटीहरु सुनसान । बिस्तारै विवेक अघिबढ्यो ।

ढ्याक ढ्याक । ढोका ढक ढकाएको आबाज आबाज आयो ।

ढोकामा कसैले हानेको आवाज बाट सेल्फी मैया अतिरन्जित हुँदै आबाज निकाल्छे ।

को होला ? यति राती ? हजारौ विवेकलाइ सि यू । लभ भ्यू लेखेकी सेल्फी मैयाँ विवेक आयोहोला भन्ने कल्पना सम्म पनि गरिन / भित्रबाट विस्तारै सोधी ,को हो ह बाहिर ?

प्रतिउत्तरमा जवाफ आयो । ढोका खोल न मैया म तिम्रो जीवन ।

ऊ अक्क न बक्क भइ । थाहै नदिइकन लोग्नेको आगमनले । ढोका खोली । घर्लम्म अंगालो हालीर भनी किन थाहै नदिइ आयौ राजा ? खै मलाई कोशेली के ल्यायो त ? जीवनले खल्तीबाट नयाँआइ फोन निकाल्दै भन्यो यू लाइक दिस् ? नयाँ फिचरको एक्ट्रा क्यामेरा फिचर समेत छ ।

आहा कति राम्रो ,मैयाले बोली ।

आकाश चुम्ने भारी मन लिएर विवेक मञ्याङ माथि उक्लीयो । बिस्तारै सेल्फी मैयाको कोठातिर बढ्यो । भित्रबाट सेल्फी मैयाको आवाज आयो /अलि नजिक आउन मेरो राजा कस्तोसर्माको / कस्तो राम्रो फोटो निकाल्दो रै छ यो नयाँ आइफोनले एक सेल्फी लिनु पर्यो क्या ! अटो सेटिङ्गमा राखी सेल्फी लिई उसले । ल्किक ल्किक ।

क्यामेराको फ्ल्यासको प्रकाशले विवेको आँखा टिप्यो । धुमील नजरले ढोका पर्दाबाट चियायो ।सेल्फी मैया कोही बाहुबलीको अङ्गालोमा सेल्फी मार्दै बोल्दै थिइ । यता ,यता आउ न / लौ हेर त्जीवन यो सेल्फी कति राम्रो आको / मत अहिल्यै पोस्ट गर्छु है ?

तिरमिराएको आँखा अनि लर्बराएको खुट्टाले ,हतास भर्याङ्ग बाट झर्दा सडक नालीमा पछारिएकोबिबेक नाली नाली हिड्दै भन्दैथ्यो ,तिमी पोष्ट गर सेल्फी मैयाँ ,म डिलिट गर्दै जान्छु । म डिलिटगर्दै जान्छु ।

दीपक पन्त ,मिल्वाकी, अमेरिका

प्रतिक्रिया