आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०१:५१
वासिङटन डिसी 16:06

७२ घण्टे ‘श्री’ मा सन्दिप, बुद्धि देखि बर्षा र रबिन्द्र सम्म

इनेप्लिज २०७७ असोज २९ गते २१:०८ मा प्रकाशित

काठमाडौं,२९ असोज।

नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा खिचेर ‘श्री’ नामक फिचर फिल्म तयार गरिएको छ।कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक एभरेष्ट सूर्य बोहराले ‘श्री’ तयार गरेका हुन्।सो फिल्मको बिहीबार अर्थात् निर्देशक बोहराको जन्मदिन (२९ असोज) पारेर फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको हो।

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइ एउटै लोकेशनमा जम्मा ७२ घण्टा सुटिङ गरेर तयार पारिएको फिल्ममा सन्दिप क्षेत्री,बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल,बसुन्धरा भुसाल, रबिन्द्र झा,भोला सापकोटा, कमलजंग बोहरा (काजी),मोहनकृष्ण श्रेष्ठ,सविता गुरुङ,नवीन श्रेष्ठ,श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन्।एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ हुन भने यम बराल,सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सहनिर्माता छन्।

‘बिषम परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने हेतुले ‘श्री’ निर्माण गरिएको हो हुँ’ निर्देशक बोहरा भन्छन,‘जम्मा ७२ घण्टा क्यामेरान रोल भएको यो फिल्ममा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रस्तुत छ।’ चलचित्र निर्माणका साथै समाजसेवामा समेत सक्रिय निर्देशक बोहराले ‘श्री’लाई पनि समाजीक कार्यकै रुपमा लिएका छन्।

‘कोभिड–१९ को मारमा परेका कलाकर्मी तथा प्राबिधिकलाई केही राहत होस् भनेर निषेधाज्ञाकै क्रममा यो फिल्म तयार पारिएको हो।कम समय र लगानीमा निर्माण गरिएको भए तापनि वर्तमान परिस्थिति, बाध्यता र मानसिकतालाई यो फिल्ममा प्रस्तुत गरिएको छ ।’निर्देशक बोहराको भनाइ छ।निर्देशक बोहराकै लेखनमा शिबम अधिकारीले सघाएको चलचित्र शेरबहादुर तामाङले खिचेका हुन् ।सुजन बडालको सम्पादन,एलिस कार्कीको ब्याकराउण्ड स्कोर र निरज केसीको साउन्ड मिक्सिङ छ ।झण्डै दुई घण्टा लामो ‘श्री’ हल खुल्नासाथ दर्शकमाझ ल्याउने योजना रहेको निर्देशक बोहराले जानकारी दिएका छन्।

 

प्रतिक्रिया