बुधबार, मंसिर १७ २०७७
काठमाडौं १८:२३
वासिङटन डिसी 07:38

मेरिल्याण्डमा बेरोजगारी दावीहरू गर्ने ८२ प्रतिसत जालसाजीको भएको पुष्टि

इनेप्लिज २०७७ असोज २९ गते १०:५७ मा प्रकाशित

मेरिल्याण्डमा कोरोना महामारीको आर्थिक गलत फाईदा उठाउने र मौका छोप्नेहरुको पर्दाफास भएको छ । मेरिल्याण्डमा बेरोजगारी दावीहरू गर्ने ८२ प्रतिसत जालसाजीको भएको पुष्टि भएको छ ।

मेरिल्याण्ड राज्यको श्रम विभागले उक्त कुरा बाहिर ल्याएको छ ।

गत जुलाईमा मेरिल्याण्डका गभर्नर ल्यारी होगनले “विशाल, परिष्कृत आपराधिक उद्यम” भनेर ब्याख्या गरेका थिए । किर्ते/जालसाजीहरूले मानिसहरुको पहिचान चोरी प्रयोग गरेर राज्यको बेरोजगारी बीमा प्रणालीबाट करिब ५०१ मिलियन डलरको जालसाजी बेरोजगारी दाबी पेश गर्ने प्रयास गरेका थिए ।

बुधवार एक विज्ञप्ति जारी गर्दै, राज्यको श्रम विभागले लगभग १ लाख २ हजार राज्य बाहिरका व्यक्तिहरुले दाबीहरु गरिएको जनाएका छन् । जसलाई सम्भावित धोखाधडीको रूपमा पहिचान गरिएको भनि जनाईएको छ ।

९१ प्रतिसतले या त आवश्यक प्रमाणीकरण कागजातहरू राखेका छैनन् वा उनीहरूको कागजातहरू समीक्षा गरीएको र अस्वीकृत गरिएको छ भनि राज्य श्रम विभागले छापा बिज्ञप्तिमा उल्लेख गरेको छ ।

६७ हजार ७ सयले दावी गरेका जालसाजी रहेको र ६९ प्रतिसतले कागजात पुन पेश गर्न असमर्थ रहेका छन ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया