आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०१:५३
वासिङटन डिसी 16:08

अमेरिकामा दशैँको टीकाको साईत अक्टोबर २५ तारिख २०२०

इनेप्लिज २०७७ असोज २९ गते ९:४७ मा प्रकाशित

अन्तर्राष्ट्रिय पन्चांग निर्णय समितिले विदेशका विभिन्न ठाउँहरुको लागि स्थानीय समयअनुसारको दशैँको टीकाको साईत निकाली प्रकाशन गरेको छ । जसमध्ये अक्टोबर २५ तारिख आईतबार अमेरिकाको पूर्वी भूभाग अर्थात न्यूयोर्क, वासिंगट डिसी, मेरिल्याण्ड तथा भर्जिनिया र फ्लोरिडा लगायतका स्टेटहरुमा विहान ११ बजेर ५ मिनेटको साईत निस्किएको छ भने मध्य अमेरिका टेक्सास लगायत क्यालिफोर्नियाको पनि अक्टोबर २५ तारिखकै छुट्टाछुट्टै समयको साईत निस्किएको छ ।क्यानडाको लागि विहान ११:४३ बजेको साईत निर्धारण गरिएको छ ।

त्यसैगरी मारुतीनन्दन पन्चांगले पनि अमेरिकाको लागि भनी दशैँको साईत प्रकाशित गरेको छ । हामी जहाँ बस्छौँ त्यहीँको अक्षांश र देशान्तरको आधारमा तिथिको गणना गरी यस्ता विशेष खालका चाडपर्वहरु शुभ साईतमा मान्नु पर्ने भएकोले यसरी निकाल्न थालिएको अन्तर्राष्ट्रिय पन्चांग निर्णायक समितिका अध्यक्ष डा. माधव भट्टराईले बताए ।

हेर्नुहोस् प्रेस विज्ञप्तिसहितको साईत।यस बारेमा अरु पनि थप जानकारीका लागि दृक पन्चांगलाई अनुशरण गर्न सक्नु हुनेछ वा [email protected] मा सम्पर्क गर्न सक्नु हुनेछ।यस बारेमा कुनै जिज्ञासा भएमा कमेन्टमा पनि लेख्न सक्नु हुनेछ ।

 

प्रतिक्रिया