आइतबार, साउन १७ २०७८
काठमाडौं ०५:४७
वासिङटन डिसी 20:02

सहकारी अबधारणा एक झलक: नेपाल र अमेरिका

दीपक पन्त २०७७ असोज २८ गते २२:१४ मा प्रकाशित

२०४६ साल पश्चात बहुदलीय शासन व्यवस्थाको उदय सँगै उदारीकरण प्रारूप अन्तर्गत राम्रोसँग मौलाएको कार्यक्रममा बैकिङ्ग क्षेत्र एबं सहकारी अबधारणा एक मुख्य हो । त्यस भन्दा अगाडि स्थापित बैकिङ्ग क्षेत्रको पहुचँ ज्यादै साँघुरो घेरामा मात्र थियो । उक्त क्षेत्रमा निश्चित बर्ग रजात बिशेष मात्र ब्याबस्थापक र कर्मचारीका रुपमा ती क्षेत्रहरुको मुख्य भूमिकामा देखिन्थे । यसको कार्य सम्पादनको एरिया पनि सहरी क्षेत्र र जिल्ला सदरमुकाममा मात्र सीमित थियो । बहुदल पश्चात यसको फैलावट स्थानीय स्तर सम्म बढ्दै गयो । राज्यको उदारिकरणको नयाँ नीतितथा बैदेशिक रोजगारीको गुणात्मक बृद्दी हुदै जादाँ अर्थ ब्यबस्थामा प्राप्त रेमिट्यान्सले पुँजी कोचलायमान देखिन थाल्यो । फल स्वरुप देश भित्र झरीकै च्याउ झैँ एकै पटक सयौ साना तथामझौला बैकहरु खुल्न थाले । ग्रामिण भेग तथा सहरी क्षेत्रमा स -साना बचत कर्तालाई मध्य नजर राख्दै हजारौ सहकारी सस्थाहरु पनि त्यही अवसरमा थपिए ।

प्रारम्भमा: यसले स -साना पूजिं संकलित गरि एकीकृत लगानी गर्दै सरल कर्जा अबधारणाबाट ग्रामिण तथा सहरी ,दुवै क्षेत्रमा पुजीँ बजारको राम्रो परिचालन गरेको देखिन्थ्यो । समयक्रम संगै धेरै सहकारीहरु बदनियत पूर्ण ब्यबस्थापन खराब कर्जा एबं अनुत्पादक क्षेत्रमा गरिएको लगानीका कारण धेरै लामो समय सम्म क्रियाशील रहन नसकी हाल बन्द अबस्थामा रहेका छन् ।

तथापि सरलकृत कर्जा अबधारणाले धेरै हदसम्म स्वाबलम्ब साना व्यवसायीहरुलाई भने सहकारी अबधारणा कोशेढुंगा नै साबित भएको तथ्यलाई पनि बिर्सनु हुदैन ।

देशको मौद्रिक नीतिब्यबस्थापन गर्ने नियमनकारी निकाय रास्ट्र बैकंको बेला बेलामा परिबर्तन हुने मौद्रिक नीति लेपनि यस्था निजि बैकं तथा सहकारी अबधारणा को गति खुम्चने र बढ्ने हुन्छ । यद्धपि यीअबधारणाहरुले ग्रामिण जन स्तर सम्म बैकिङ्ग बिकास ,बचत लगानीको माध्यमबाट स्व व्यवसाय संचालन गरि रोजगारी अभिवृद्धि जस्ता मुलभूत कुरामा सकारात्मक उर्जा थपेकै पाईन्छ।

आधारभूत एकिन तथ्यांक नभए पनि हाल अमेरिकामा करीब ३ लाख भन्दा माथि नेपालीहरुकोजनसंख्या रहेको अनुमान लगाइन्छ । प्रायस :सबै नेपालीहरु आय आर्जनमा सग्लंग हुने हुदाँ बचत, कर्जा /सापटी आदिका अबधारणा को आबस्यकता महसुस नहुने कुरा पनि रहेन ।

अझ अमेरिकी जन जीवन त् झन् बोझिलो आय र व्ययको धेरामा अल्झिएको हुँदा यस किसिमका सहकारी अबधारणाहरु बिशेष महत्व राख्ने गर्दछ । हरेक कुरा को सहुलियत ऋण उसको आय,इमान्दारिताको आधारमा दिने देशमा आफ्नै समुदायबाट यो सुबिधा प्राप्त गर्न सबै नेपालीहरु लालायित देखिन्छन ।

केहि ठूला र नेपाली जनसख्याको हिसाबले बढी जनघनत्व भएका राज्यहरुमा यस किसिमका सहकारीहरु नेपाली समुदायहरुबाट नै संचालनमा आइसकेको पाइन्छ भने यो पंतिकारकोब साइ रहेको विसकन्सिन राज्यमा पनि थोरै नै नेपाली जनघनत्व भए पनि यसको शुरुआतको पहल कदमी मिल्वाकी क्षेत्रमा केहि नेपाली समाजसेबी अगुवाहरुले गरेको सुन्नमा आए पनि ब्यापक रुपमा यसको सहभागिता ,बिधिबत रजिस्ट्रर गरी राज्यका हरेक नेपाली समुदायलाई जोड्ने उदेश्यका साथ सगठन र समाबेशिताको बिस्तारको जिम्मा भने एनआरएन विसकन्सिन च्याप्टरका अध्यक्ष टुक प्रसाद रेग्मीले गर्दै आउनु भएको छ ।

सहकारीसंचालन आफैमा पुजीँ सकंलन र लगानीको तालमेल गर्न सकेमा अत्यान्त प्रभावकारी हुने कुरामादुइमत नहोला हो । देश होस् वा प्रवास जतासुकै पनि मानबिय जीवन र अर्थ व्यवस्था एकअर्काको पुरकको रुपमा आउने हुँदा यसको महत्व अझ बढी देखिन्छ । अझ अमेरिकाकोजनजीवनको सन्दर्भमा त् झनै यसको महत्व रहेको छ । किनकी हरेक कुरा क्रेडीटले चल्ने देशमाआफ्नै अपनत्व भएको सहकारीसँग हातेमालो गरि दैनिक आर्थिक कार्यहरू गर्न पाएँ कुन नेपालीले गर्वानुभूत नगर्ला र ?

तै पनि अमेरिकी आर्थिक/ नीति नियम को परिधि भित्र रही सहकारी संचालनमा ल्याउनु आफैमा एक चुनौती पूर्ण कार्य हो । यद्धपि एनआरएएनले विसकन्सिन च्याप्टरको पहल कदमले निकट भबिस्यमानै यस क्षेत्रका नेपाली समुदायका बीच “हिमालयनफाइनान्स” नामक सहकारी सस्थाले सेवा आरम्भ गर्न लागेको तत्थ्य बाहिर आएको छ ।

आशागरौ ! यस सहकारीले छरियर रहेका स-साना बचतलाई एकीकृत गरी नेपाली जन जीवनको आर्थिक पाटो उजागर गर्न सरलीकृत कर्जा प्रणाली समन्वय गर्नू पर्ने देखिन्छ । यसका अलावा सुझबुझका पूर्ण निर्णय गर्दै समग्र नेपाली निक्षेप कर्ताको लगानीको सुरक्षणका प्रक्रियाहरुलाई पनि साथ साथै अगाडि बढाउदै जाओस् यहि मेरो शुभकामना ! अस्तु !

दीपक पन्त ,मिल्वाकी ,अमेरिका

प्रतिक्रिया