बिहीबार, मंसिर १८ २०७७
काठमाडौं २२:५१
वासिङटन डिसी 12:06

प्रदेश नं १ मा आज ४४५ सङ्क्रमित थपिए

इनेप्लिज २०७७ असोज २८ गते २२:०३ मा प्रकाशित

विराटनगर,२८ असोज।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ४४५ जना कोरोना सङ्क्रमित थपिएका छन्।

उक्त अवधिमा गरिएको १ हजार ८१ जनाको पीसीआर परीक्षणमा १६२ महिला र २८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।सङक्रमित हुनेहरुमा विराटनगरका १०९ सहित मोरङमा १८५,सुनसरीमा १९७, झापामा ४६, उदयपुरमा छ,धनकुटा र इलाममा एक÷एक र प्रदेश बाहिरका नौ जना रहेका छन्।

प्रदेशमा सङ्क्रमितको सङख्या ११ हजार ६१५ पुगेको छ । प्रदेशमा आज १४२ जना सङक्रमित निको भै घर फर्केका छन्।हालसम्म निको हुने सङक्रमितको सङ्ख्या पाँच हजार १५ पुगेको छ मन्त्रालयले जनाएको छ।

प्रदेशमा अहिलेसम्म एक लाख ४० हजार ९५७ जनाको पीसीआर परीक्षण गर्ने सम्पन्न भएको छ।

प्रतिक्रिया