काठमाडौं÷ २८ असोज।
किशोर चौधरीको निर्देशनमा ‘संस्कार’नामक फिल्म निर्माण हुने भएको छ। फिल्ममा समाबेश चितवनको एअरपोर्ट..बोलको गीत बुधबार रेकर्ड गरियो। किशोर चौधरीको शब्द र चन्द्र ज्योति ढुंगानाको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ।
दिनेश कुँवर निर्माता रहेको फिल्मको स्क्रिप्ट पनि निर्माता दिनेशकै हो।बास्सा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक कथामा बन्नेछ। तिहारपछि सुटिङ गरिने ‘संस्कार’मा मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत रहने निर्माता दिनेशले जानकारी दिए।
फिल्मको सहनिर्मातामा राजु अधिकारी,सुमन तेन्जल र हरि भण्डारी छन्।तनहू ,पोखरा र बिरगंजमा खिचिने फिल्ममा दिनेश प्रमुख भूमिकामा रहने छन् भने अन्य कलाकारको चयन प्रक्रिया जारी छ।गीतको शब्द तथा संगीत निकै मन परेकाले दर्शक स्रोतालाई पनि मन पर्ने बिश्वास निशान र अस्मिताले ब्यक्त गरे।
प्रतिक्रिया