नेपाल चलचित्र कलाकार संघको प्रेस विज्ञप्ती

इनेप्लिज २०७७ असोज २८ गते १०:५० मा प्रकाशित

नेपाल चलचित्र कलाकार संघको विधानको परिच्छेद १,दफा ४ अनुसार नेपाल चलचित्र कलाकार संघ १ नम्वर प्रदेश शाखा २०७७ आश्विन २७ गते गठन भएको छ।नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष रविन्द्र खड्काको प्रमुख आतिथ्यतामा इटहरीमा सम्पन्न कलाकारहरुको भेलाले अभिनेता पुष्प श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय तर्दर्थ समिति गठन गरेको छ।उक्त समितिको सह संयोजकमा दिनेश कोइराला र सदस्यहरुमा भिम लामा ,जतिन ताम्राकार , माधव पौडेल खत्री,लेजिना सुवेदी,रेश्मा घिमिरे,प्रवल दीप विश्वास,नविन सुब्वा , रेखा लिम्वु,गणेश राउत,मिलन सुवेदी,हरि प्रसाद सुब्वा,मेघराज लिम्वु (गोपाल),श्याम कटवाल इश्वर गुरुङ्ग,सुजन ढकाल,शारदा शाक्य,ममता चौधरी,धर्मेन्द्र आचार्य र तुलसी घिमिरे हनुहुन्छ।

भेलाको सभापतित्व चलचित्र निर्देशक समाजका सचिव अरुण कुमार प्रधानले गर्नु भएको थियो । उक्त कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी पर्शुराम चौधरी लगायत पूर्वाञ्चलका विभिन्न संघ संस्थाका प्रतिनीधि उपस्थित हुनुहुथ्यो।

नेपाल चलचित्र कलाकार संघको विधानले नेपाल राज्यभरी र प्रवाशमा समेत शाखा खोल्ने ब्यवस्था गरेको छ।यसरी गठन भएका शाखाहरुले केन्द्रीय कार्यसमितिको वैठकवाट निर्णय भए पछि वा अनुमोदन भए पछि वैधानिकता प्राप्त गर्ने छन।विधानको ब्यवस्था अनुरुप नेपालका सातवटै प्रदेशमा शाखा खोल्ने प्रकया तयारी भैरहेको पनि यसै बक्तव्य मार्फत जानकारी गराउदछौ।

मोहन निरौला
उपाध्यक्ष्य तथा प्रबक्ता

 

प्रतिक्रिया