बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०९:५३
वासिङटन डिसी 23:08

कोरोना सङ्क्रमित थप एक पुरुषको मृत्यु

इनेप्लिज २०७७ असोज २८ गते ७:२१ मा प्रकाशित

 

विराटनगर,२८ असोज । मोरङको बूढीगंगा गाउँपालिका–३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रमममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ।

बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनुभयो।

मृतकलाई यही असोज १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो।उनी श्वासप्रश्वास र मृगौला सम्बन्धी दीर्घ रोगी रहेका थिए।

प्रतिक्रिया