आइतबार, मंसिर १४ २०७७
काठमाडौं १३:०९
वासिङटन डिसी 02:24

मनासस भर्जिनियामा दुई स्थानमा लुटपाट हुँदा फुटेको सिसीद्वारा प्रहार

इनेप्लिज २०७७ असोज २८ गते ०:५९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया मनाससमा दुई स्थानमा लुटपाट र कुटाकुट हुँदा २ जना घाइते भएका छन् ।

मनासस शहरको लाईबेरिया एभेन्युमा गत सप्ताहान्त १९ बर्षिय व्यक्ति तथा अर्कालाई फुटेको सिसीद्वारा प्रहार गरिएको प्रहरीले जनाएका छन । गत आइतबार अक्टोबर ११ का दिन बिहन २:३१ बजे लाईबेरिया एभेन्युको टाको बेल अगाडी लुटपाट भएको थियो ।

प्रहरीका अनुसार ६ देखि १० जना स्पानेली मानिसहरु चमेनागृह बाहिर थिए उनीहरुले आक्रमण गर्नुको साथै उक्त व्यक्तिको सेलफोन( भ्रमणध्वनि)समेत लुटेका थिए ।

उनलाई अस्पताल लागिएको र उपचार गरीएको थियो र हाल उनि खतरामुक्त छन् । यसै गरि उक्त घटना घटेको केही भवन नजिक लस प्लेइटामा अर्को घटना घटेको प्रहरीले बताएका छन ।

गत सोमबार बिहान ४:२२ मा थुप्रै मानिसहरुसंग कुटाकुट भएको र पीडितलाई फुटेको सिसीले प्रहार गरि घाइते बनाएका थिए । मनासस शहरका प्रहरीहरुले उक्त दुई स्थानमा भएको घटनाको अनुसन्धान गरि रहेका छन ।

श्रोत : प्रिन्सविलियम टाइम्स डटकम

प्रतिक्रिया