मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २३:२९
वासिङटन डिसी 12:44

डिसी क्षेत्रमा ३० घण्टा ६ जनाको हत्या

इनेप्लिज २०७७ असोज २७ गते ११:०१ मा प्रकाशित

 

वाशिंगटन डिसी क्षेत्रमा गत सप्ताहान्तमा ३० घण्टाको समय अवधिमा ६ जनाको हत्या भएको छ । अझ सम्म पनि प्रहरीले अझ पनि उनीहरुको उद्धेश्य र संदिग्धहरुलाई पक्राउ गर्न नसकेकोले डिसीवासीहरुले प्रहरीको आलोचना गरेका छन ।

गत शुक्रबार राती १० बजे अगाडी २८ बर्षिय यिसा जेफकोटको डिसीको दक्षिणपूर्वमा गोली हानिएको र उनको अस्पतालमा मृत्यु भएको थियो । त्यसको २ घण्टा पछि ४१ बर्षिय युजिन मिलरको गोली हानी हत्या भएको छ र उनको घटना स्थलमै निधन भएको थियो ।

यसै गरि शनिबार दिउसो दुई स्थानमा भएको गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ ।

डिसी कै दक्षिणपूर्वमा ३१ बर्षिय आइतबार बिहान ३ बजे ३१ बर्षिय महिला निल विल्सनको ग्रिन स्ट्रिट(मार्ग)मा गोली हानी हत्या गरिएको छ । उनको पनि घटना स्थलमै निधन भएको थियो ।

गत बर्ष यस अवधि सम्म १३३ जनाको हत्या भएको थियो भने २०२० मा अहिले सम्म १५७ जनाको हत्या भै सकेको छ ।

श्रोत :एनबिसी वाशिंगटन डटकम

 

प्रतिक्रिया